काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै मोटो धानको ३ हजार ६ सय ६० रुपैयाँ प्रति क्विन्टल र मध्यम धानको ३ हजार ८ सय ६० रुपैयाँ प्रतिक्विन्टल तोक्ने निर्णय गरेको हो ।
यसैगरी बैठकले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
बैठकले नेपाल चिन जोड्ने विद्युत् प्रसारण लाइन आयोजना चिलिमे केरुङ कार्यान्वयनका लागि चिन सरकारलाई पठाउने प्रतिउत्तर पत्र स्वीकृत गरेको छ ।
यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डङ्गोल नियुक्त गरेको छ ।
प्रतिक्रिया