ट्रेण्डिङ्ग:
|क्यालिफोर्नियाका विद्यार्थीको स्कोर घोषणा : नतिजामा उल्लेखनीय सुधार|पोपले शिकागो युनियन नेताहरूसँग भेटे, आप्रवासीहरूलाई स्वागत गर्न आग्रह|सरकारी बन्दका बीच आइसद्वारा अपराधी र अवैध आप्रवासी पक्राउ जारी|मन्त्रिपरिषद् बैठकका ६ निर्णय : इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा|मन्त्रिपरिषद् बैठक : चार जना डिआइजीको एआइजीमा बढुवा|एसियन कप छनोट : नेपाल भियतनामसँग पराजित|कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने|भिजिट भिसा छानबिन समिति प्रतिवेदन अगाडि बढाउने सरकारको निर्णय|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने

एक महिनादेखि मार्तडी–कोल्टी सडक अवरुद्ध

बाजुरा । मार्तडी–कोल्टी सडक खण्ड अवरुद्ध भएको करिब एक महिना भयो । एक महिना बितिसक्दा पनि सडक खुल्न सकेको छैन ।

सडक अवरुद्ध हुँदा यहाँका स्थानीयवासी र बटुवाले सास्ती खेप्न बाध्य छन् । बर्खा यामको समयमा उक्त सडक खण्ड अवरुद्ध हुँदा आवतजावत देखि खाद्यान्न ढुवानी गर्न समस्या हुने गरेको छ । सडक माथिबाट पहिरो आएर अवरुद्ध भएको सडकलाई मर्मत गर्न नसक्दा मार्तडी कोल्टी सडक खण्डको तिन ठाउँमा सडक बिग्रिएको छ ।

विशेष गरी पुर्वीउत्तरी क्षेत्रका चार वटा पालिकाका नागरिकहरूले ठुलो समस्या भाग्नुपरेको अवस्था छ । मार्तडी कोल्टी सडक खण्डमा पर्ने बडीपालिका नगरपालिका ७ को जिल्ली, रजातोली र भ्यासुपातलमा सडक अवरुद्ध हुँदा नागरिकहरूलाई गाडीको यात्रा गर्न निकै कष्टकर बनेको छ । मार्तडी कोल्टी सडक खण्डको ४२ किलोमिटर सडकमा चार वटा गाडी बदल्नुपर्ने बाध्यता रहेको छ । मार्तडी कोल्टी सडक खण्ड सङ्घीय सडक भएता पनि यसको रेखदेख तथा मर्मत निर्माण कार्य सडक पूर्वाधार विकास कार्यालय अछाम अन्तर्गत हो । तर सडक सुचारु गर्न उक्त कार्यालयको ध्यान नदिएको स्थानीय उमेश रोकायाले बताउनुभयो ।

यहाँका नागरिकहरूले मार्तडी कोल्टी सडक खण्डमा चार वटा गाडी बदल्दै मार्तडी आउजाउ गर्नुपर्ने बाध्यता भएको उहाँले भन्नुभयो । मार्तडी कोल्टी सडक खण्डमा १५ सय भन्दा बढी भाडा तिर्नुपर्ने बाध्यता रहेको हांशि संन्ज्यालले बताउनुभयो । उहाँ स्वामिकार्तिक खापर गाउँपालिका साप्पाटाबाट जिल्ला प्रशासन कार्यालय बाजुरामा राष्ट्रिय परिचय पत्र नवीकरण गर्न आउनुभयो ।

घरबाट मार्तडी तर्फ आइसकेपछि बाटोमा उनले ठुलो समस्या भोग्नु पर्यो । कोल्टीबाट मार्तडीसम्म चार वटा गाडी फेरबदल गरेर एक हजार पाँच सय रुपियाँ भाडा तिरे हांशिले भन्नुभयो । उहाँ प्रतिनिधि पात्र मात्र हुन । उहाँ जस्तै अरू नागरिकले पनि यस्तै समस्या भोग्नु पर्ने अवस्था बाजुरामा रहेको छ ।

यता प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले मार्तडी कोल्टी सडक खुलाउने प्रयास भइरहेको बताउनुभयो । उहाँले नागरिकहरूका समस्याहरूलाई स्वीकार गर्दै सम्बन्धित निकायलाई सडक खुलाउन ताकेता गर्दै आएको बताउनुभयो । यहाँका सम्बन्धित पालिकाहरूलाई सडक सुचारु गर्न आग्रह गर्दा पनि सुनुवाइ नगर्ने गरेको प्रजिअ पाध्याको भनाई छ ।

मार्तडी कोल्टी सडक खण्ड अवरुद्ध हुँदा नागरिकहरूले ठुलो दुख पाएको बताउँदै सम्बन्धित पालिका र सडक पूर्वाधारलाई यसको मर्मत कार्य गरी सडक तत्काल सुचारु गर्न निर्देशन दिनुभएको छ ।

  himalayanvoice.com | १४ श्रावण २०८२, मंगलवार १०:४२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online