ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते

लेखनाथ । कास्कीको माछापुच्छरे गाउँपालिका –३, घाचोकमा बुधबार पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर पोखरा महानगरपालिका वडा २५ का २३ वर्षीय तेजबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बुधबार दिउँसो साढे २ बजेतिर पहिरो पन्छाउने क्रममा गुरुङको शव फेला परेको जानकारी दिनुभयो । बङ्गुर फार्ममा दाना लिएर जाने क्रममा गुरुङ पहिरोमा पुरिएको उहाँले बताउनुभयो ।

घाचोकको लस्तीखोलास्थित हेमजा माछापुच्छरे सडक खण्डमा बिहान पौने १० बजे पहिरो गएको थियो । सोही पहिरोमा परी शिक्षक सुरजमोहन पोखरेल घाइते हुनु भएको छ । घाचोककै शुक्लागण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक पोखरेलको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

पोखराबाट विद्यालय जानेक्रममा शिक्षक पोखरेल सवार मोटरसाइकललाई पहिरोले पुरेको थियो । घाइते पोखरेललाई स्थानीयले उद्धार गरी अस्पताल लगेका थिए ।

 

  himalayanvoice.com | १५ श्रावण २०८२, बुधबार १०:५०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online