ट्रेण्डिङ्ग:
|क्यालिफोर्नियाका विद्यार्थीको स्कोर घोषणा : नतिजामा उल्लेखनीय सुधार|पोपले शिकागो युनियन नेताहरूसँग भेटे, आप्रवासीहरूलाई स्वागत गर्न आग्रह|सरकारी बन्दका बीच आइसद्वारा अपराधी र अवैध आप्रवासी पक्राउ जारी|मन्त्रिपरिषद् बैठकका ६ निर्णय : इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा|मन्त्रिपरिषद् बैठक : चार जना डिआइजीको एआइजीमा बढुवा|एसियन कप छनोट : नेपाल भियतनामसँग पराजित|कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने|भिजिट भिसा छानबिन समिति प्रतिवेदन अगाडि बढाउने सरकारको निर्णय|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने

बागमतीका नव नियुक्त मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै

मकवानपुर  । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ । आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहनुभएका बानियाँ यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्रीमा नियुक्त भएको एक सातापछि मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिन लाग्नुभएको हो । प्रदेशसभाबाट विश्वासको मत लिनेगरी प्रदेशसभाको बैठक बोलाउन प्रदेशसभा सचिवालयसमक्ष जानकारी गराउनुभएको थियो ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधार ४ तथा प्रदेशसभा नियमवाली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिने प्रस्ताव अघि बढाउनुभएको हो ।

  himalayanvoice.com | २८ श्रावण २०८२, मंगलवार ००:३२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online