ट्रेण्डिङ्ग:
|एनआरएनएद्वारा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूका लागि नीतिगत व्यवस्था गरिएकोमा बजेटको स्वागत|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन 

महाकाली नदीमा पानीको बहाव लगातार बढ्दै महाकाली नदीमा पानीको बहाव लगातार बढ्दै, बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवागमन बन्द

कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव लगातार बढ्ने क्रम जारी छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज बिहान ११ बजे नदीमा १ लाख २६ हजार ७१२ क्युसेक पानी मापन भएको थियो । दिउँसो १ बजे १ लाख ४५ हजार ३१२ क्युसेक पानी मापन गरिएको थियो भने दिउँसो ३ बजे थप बढेर १ लाख ४९ हजार ५८० क्युसेक पुगेको प्रहरीले जनाएको छ ।

बिहानैदेखि नेपाल–भारत सीमास्थित बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधनको आवागमन बन्द गरिएको छ ।

नदीमा पानीको बहाव बढेपछि भारतीय प्रशासनले चार पाङ्ग्रे सवारी साधन आवागमनमा पूर्ण रोक लगाएको हो । दुई पाङ्ग्रे सवारी साधन र पैदल यात्रुको आवतजावत भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वर्षायाममा महाकाली नदीमा पानीको बहाव बढ्नु सामान्य भए पनि १ लाख क्युसेकभन्दा बढी पुगेपछि सुरक्षाका कारण बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाउने गरिएको छ । नदी तटीय बस्तीका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ ।

  himalayanvoice.com | ३० श्रावण २०८२, बिहीबार ०८:५६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online