ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा व्यवस्था गरिने घोषणा गर्नुभएको छ । आव २०८३/८४ को बजेटमार्फत सरकारले शेयर बजारमा लगानी गर्ने लगानीकर्तालाई कर प्रणालीमा थप सहजता दिने नीति अघि सारेको हो ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन आवश्यक कानुनी तथा नीतिगत व्यवस्था परिमार्जन गरिने जानकारी दिनुभयो ।

अर्थमन्त्री वाग्लेले विदेशी लगानी स्वीकृति, लगानीको लेखाङ्कन, नाफा फिर्ता तथा पुँजीगत लाभकरसम्बन्धी व्यवस्थालाई समयानुकूल परिमार्जन गरिने बताउनुभयो ।

लामो समयदेखि शेयर लगानीकर्ताहरूले माग गर्दै आएको पुँजीगत लाभकरको विषयलाई सरकारले बजेटमार्फत सम्बोधन गरेको छ ।

  himalayanvoice.com | १५ जेष्ठ २०८३, शुक्रबार ११:०६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online