ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

बाली बल्ल रोपियो अनि, १५ लाख २३ हजार बोरा रासायनिक मल भित्रियो

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकत्ता बन्दरगाहमा प्राप्त भइसकेको र ती मल धमाधम नेपालस्थित कर्पाेरेशनका गोदममा ल्याउनेक्रम जारी रहेको जनाएको छ ।

कर्पाेरेशनले हालै मात्र चारलाख ४० हजार बोरा युरिया र दशलाख ८३ हजार बोरा डिएपी गरी कूल १५ लाख २३ हजार बोरा रासायनिक मल आयात गरेको थियो । गोदममा आइरहेका उक्त मल कोटा वितरणका लागि प्रदेश सरकारलाई पत्राचार गरिसकेको र प्रदेश सरकारहरूद्वारा पालिकालाई कोटा वितरण भइसकेको भन्ने जानकारी कर्पाेरेशनलाई प्राप्त भएको पनि सस्थाले स्पष्ट पारेको छ ।

रासायनिक मलको पछिल्लो अवस्थाका बारेमा कर्पाेरेशनद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, “कर्पाेरेशनको मल बिक्रेताका रूपमा दर्ता भएका सम्पूर्ण डिलरहरूलाई आफ्नो पालिका तथा कर्पाेरेशनको सम्बन्धित कार्यालयसँग समन्वय गरी कोटाअनुसारको मल बिक्री वितरण गर्न अनुरोध गरिन्छ ।”

हाल बजारमा रासायनिक मलको अभाव भएको भनी विभिन्न सञ्चारमाध्यम एवम् सामाजिक सञ्चालमा समाचार तथा पोष्ट भइरहेकामा कर्पाेरेशनले विज्ञप्तिमार्फत आफ्नो ध्यानाकर्षणसमेत भएको जनाएको छ ।

  himalayanvoice.com | ३२ श्रावण २०८२, शनिबार ००:१७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online