ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

लस एन्जलसमा हाई स्कूलका विद्यार्थी अध्यागमन एजेन्टहरूको हिरासतमा रेसेडा चार्टर हाई स्कूलमा पढ्ने बेन्जामिन मार्सेलो गुरेरो-क्रुज अध्यागमन एजेन्टहरूले हिरासतमा पुगेपछि उनको परिवारलाई कानुनी सहायता र अन्य आवश्यक सहयोगका लागि मद्धत गर्न "गो फन्ड मि" अभियान सुरु गरिएको छ ।

लस-एन्जलस । लस एन्जलसको एक हाई स्कूलका १८ वर्षीय विद्यार्थीलाई संघीय अध्यागमन एजेन्टहरूले हिरासतमा लिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

रेसेडा चार्टर हाई स्कूलमा पढ्ने बेन्जामिन मार्सेलो गुरेरो-क्रुज गत हप्ता आफ्नो कुकुरलाई घुमाउँदै गर्दा नकाबधारी अध्यागमन एजेन्टहरूले उनलाई नियन्त्रणमा लिएका थिए ।

रेसेडा चार्टर हाई स्कूलमा पढ्ने बेन्जामिन मार्सेलो गुरेरो-क्रुज अध्यागमन एजेन्टहरूले हिरासतमा पुगेपछि उनको परिवारलाई कानुनी सहायता र अन्य आवश्यक सहयोगका लागि मद्धत गर्न “गो फन्ड मि” अभियान सुरु गरिएको छ ।

प्रत्यक्षदर्शीहरुका अनुसार एजेन्टहरूले उनको कुकुरलाई रूखमा बाँधेर त्यसको कलर खोलेका थिए, जसले गर्दा कुकुर सेपुल्वेदा बुलेभार्डमा भाग्न सकेको थियो।

गो फन्ड मिले सामाजिक संजालको पोस्टले दिएको जानकारी अनुसार गुरेरो-क्रुजले आफ्ना ५ महिनाका जुम्ल्याहा भाइहरू र ६ वर्षीय भाइको हेरचाह गर्न मद्धत गर्दै आएका थिए । पोस्टमा उनलाई “समर्पित छोरा, हेरचाह गर्ने भाइ, वफादार साथी र हाम्रो समुदायको एक मूल्यवान सदस्य” भनेर उनको पक्षमा पैरवी गरिएको छ।

  himalayanvoice.com | ३२ श्रावण २०८२, शनिबार १०:४२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online