ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

महाकालीमा पानीको बहाव उच्च, सवारी सञ्चालनमा रोक यसैगरी शनिबार साझ ६ः१५ बजे बनबासा पुलमा रहेको बाढी मापन केन्द्रमा पानीको बहाव एक लाख ३१ हजार ०५८ क्यूसेक मापन गरिएको प्रवक्ता बोहराले बताउनुभयो।

कञ्चनपुर । सुदूरपश्चिमका पहाडी जिल्लामा गएरातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढेको छ। पानीको बहाब बढेपछि शनिबार बिहानदेखि शारदा ब्यारेजको (बनबासा)पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। शनिबार दिउँसो पानीको बहाब एक लाख ७० हजार ६०६ क्यूसेक मापन गरिएको थियो।

प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले दिउँसो यता पहाडी क्षेत्रमा वर्षा कम हुँदै गएकोले पानीको बहाब घट्दोक्रममा रहेको बताउनुभयो।

यसैगरी शनिबार साझ ६ः१५ बजे बनबासा पुलमा रहेको बाढी मापन केन्द्रमा पानीको बहाव एक लाख ३१ हजार ०५८ क्यूसेक मापन गरिएको प्रवक्ता बोहराले बताउनुभयो।

उहाँका अनुसार नेपाल भारत सीमामा रहेको बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन आवतजावतमा रोक लगाइएको छ। दुई पाङ्ग्रे सवारी साधन र मानिस आवतजावत चालु रहेको प्रहरीले जनाएको छ।

  himalayanvoice.com | ७ भाद्र २०८२, शनिबार ०९:२३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online