ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

महाकालीमा पानीको बहाव उच्च, सवारी सञ्चालनमा रोक यसैगरी शनिबार साझ ६ः१५ बजे बनबासा पुलमा रहेको बाढी मापन केन्द्रमा पानीको बहाव एक लाख ३१ हजार ०५८ क्यूसेक मापन गरिएको प्रवक्ता बोहराले बताउनुभयो।

कञ्चनपुर । सुदूरपश्चिमका पहाडी जिल्लामा गएरातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढेको छ। पानीको बहाब बढेपछि शनिबार बिहानदेखि शारदा ब्यारेजको (बनबासा)पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। शनिबार दिउँसो पानीको बहाब एक लाख ७० हजार ६०६ क्यूसेक मापन गरिएको थियो।

प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले दिउँसो यता पहाडी क्षेत्रमा वर्षा कम हुँदै गएकोले पानीको बहाब घट्दोक्रममा रहेको बताउनुभयो।

यसैगरी शनिबार साझ ६ः१५ बजे बनबासा पुलमा रहेको बाढी मापन केन्द्रमा पानीको बहाव एक लाख ३१ हजार ०५८ क्यूसेक मापन गरिएको प्रवक्ता बोहराले बताउनुभयो।

उहाँका अनुसार नेपाल भारत सीमामा रहेको बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन आवतजावतमा रोक लगाइएको छ। दुई पाङ्ग्रे सवारी साधन र मानिस आवतजावत चालु रहेको प्रहरीले जनाएको छ।

  himalayanvoice.com | ७ भाद्र २०८२, शनिबार ०९:२३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online