ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

नेकपा एमालेकाे दोस्रो विधान महाधिवेशनको तयारी पूरा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेको यही भदौ २० गतेदेखि ललितपुरको गोदावरीमा सुरु हुने दोस्रो विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।

विधान महाधिवेशनको तयारीबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टी महासचिव शंकर पोखरेलले दुई उपाध्यक्षले केन्द्रीय कमिटीको बैठकको निर्णयमा राखेको फरक मत दस्ताबेजमाथिको फरक मत नभएकाले महाधिवेशनमा छलफल नहुने जानकारी दिनुभयो ।

विधान महाधिवेशनमा पार्टीका तर्फबाट अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय भएको महासचिव पोखरेलले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

महाधिवेशनमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा विकसित राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिका साथै वर्तमान सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पार्टीको गन्तव्यको रूपमा अघि बढाउने मार्गचित्र प्रस्तुत हुने एमालेले आज जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

त्यसैगरी केन्द्रीय अनुशासन आयोगका प्रमुख केशव बडाल, केन्द्रीय लेखा आयोगका प्रमुख डा पुष्प कँडेल, निर्वाचन आयोग प्रमुख डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का तर्फबाट अमृतकुमार बोहोराले पनि आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।

प्रस्तुत प्रतिवेदनहरूमाथि महाधिवेशनमा सहभागी प्रतिनिधिबिच समूहगत रूपमा छलफल गर्ने व्यवस्था मिलाइएको छ ।

भदौ २० देखि २२ गतेसम्म चल्ने दोस्रो विधान महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजकसमेत गरी २ हजार ३ सय ४१ जना सहभागी हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।

  himalayanvoice.com | १८ भाद्र २०८२, बुधबार ११:०९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online