ट्रेण्डिङ्ग:
|हिरासत केन्द्रमा स्वास्थ्य निरीक्षणमा अवरोध गरेपछि सान डिएगो काउन्टीद्वारा आइस विरुद्ध मुद्धा दायर|‘मेरी छोरी मान्या’ बालकथा सङ्ग्रहको विमोचन|समानुपातिकतर्फ एक करोड सात लाख मत गणना|दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते|सुनचाँदीको मूल्य बढ्यो|राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि|कर्णालीमा समानुपातिकतर्फ काँग्रेस पहिलो|कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैन: वरिष्ठतम न्यायाधीश मल्ल|प्रेम गाहा मगरद्वारा एनआरएनए महाधिवेशन र अनलाइन भोटिङ विरुद्ध उच्च अदालतमा रिट|ट्रम्प प्रशासनद्वारा सर्वोच्च अदालतको पुनरावेदनमा आप्रवासन एजेन्डालाई सुस्त बनाउने अदालतको फैसलाको आलोचना

काँग्रेस महाधिवेशन बैशाख २८ देखि ३१ गतेसम्म

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले पार्टीको पन्ध्रौँ महाधिवेशन आगामी बैशाख २८ गतेदेखि ३१ गतेसम्म गर्ने निर्णय गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा पार्टी कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले महाधिवेशनसम्बन्धी राख्नुभएको प्रस्ताव बहुमतले पारित गरेको हो ।

यस्तै बैठकले पार्टीको केन्द्रीय कार्य समितिको म्याद आगामी ज्येष्ठ मसान्तसम्म थप गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिनुभयो । काँग्रेसले यसअघि पुसमा महाधिवेशन गर्ने निर्णय गरे पनि कार्यतालिका प्रभावित भएपछि आजको बैठकले नयाँ मिति तोकेको हो ।

केन्द्रीय कार्य सम्पादन समितिले नयाँ मिति तोके पनि महामन्त्री द्वय गगन थापा र विश्व प्रकाश शर्मा सहितका केही पार्टी पदाधिकारीहरूले भने पुसमै विशेष महाधिवेशनको अडान छोड्नुभएको छैन ।

  himalayanvoice.com | १८ पुष २०८२, शुक्रबार १४:१९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online