ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

तनहुँमा तीन जनाको विभत्स हत्या

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटस्थित फोहोरमैला प्रशोधन केन्द्र नजिक तीन जनाको विभत्स हत्या भएको खुलासा भएको छ। शनिबार बिहान दुई जना पुरुष र केही घण्टापछि एक जना महिला मृत अवस्थामा फेला परेपछि क्षेत्र तनावग्रस्त बनेको छ।

इलाका प्रहरी कार्यालय बेलचौतारालाई शनिबार बिहान करिब साढे ९ बजे प्रशोधन केन्द्रका एक कर्मचारीले ‘दुई जना पुरुष मृत अवस्थामा भेटिएका छन् भनी जानकारी गराएका थिए।

प्रहरी टोली घटनास्थल पुग्दा प्रशोधन केन्द्रको कम्पाउण्ड बाहिर दुई पुरुषको शव फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा उनीहरूलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ।

मृतकमध्ये एक जना शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछाप निवासी अन्दाजी ४० वर्षीय नारायण विक भएको खुलेको छ।

उहाँ शुक्लागण्डकी नगरपालिकासँग सम्झौता गरी फोहोरमैला प्रशोधन केन्द्र सञ्चालन गरिरहेको ग्रिन रोड प्रालिका कर्मचारी हुनुहुन्छ। उहाँ यही महिनादेखि प्रशोधन केन्द्रमै बसेर काम गरिरहेका थिए भने तीन महिनादेखि सो केन्द्रमा कार्यरत थिए।

अर्का मृतक पुरुषको पहिचान हालसम्म खुल्न सकेको छैन। उनी पनि प्रशोधन केन्द्र बाहिर टहरा बनाएर बस्दै आएका व्यक्ति थिए।

दुई पुरुष मृत भेटिएपछि उनीहरूसँगै बस्दै आएकी एक महिला अचानक सम्पर्कविहीन भएपछि थप शङ्का उत्पन्न भएको थियो। प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा शनिबार दिउँसो करिब १२ बजे ती महिला पनि मृत अवस्थामा फेला परेकी हुन्। महिलाको शव दुई पुरुष भेटिएको स्थानबाट करिब सात सय मिटर टाढा जनकल्याण माध्यमिक विद्यालय पछाडि कसेरीघाटको जङ्गलमा फेला परेको थियो। महिला र पहिचान नखुलेका पुरुष दुवै जना बजार क्षेत्रबाट सङ्कलन गरिएको फोहोरमैला छानेर कवाडी संकलन गरी जीवनयापन गर्दै आएका र करिब एक वर्षदेखि त्यही टहरामा बस्दै आएको स्थानीयले बताएका छन्।

शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष दीर्घबहादुर थापाका अनुसार तीनै जनाको शव अत्यन्त विभत्स अवस्थामा फेला परेको छ। “नारायण विकको पेटमा गम्भीर चोट देखिएको छ, टाउकोमा पनि प्रहार भएको छ,” उहाँले भन्नुभयो, “पहिचान नखुलेका पुरुषको पेटबाट आन्द्रासमेत बाहिर निस्किएको थियो। महिलाको घाँटी रेटिएको अवस्थामा शव भेटियो।”

घटनाबारे जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले तीन जनाको हत्या योजनाबद्ध देखिएको बताउनुभयो।

बिकले भन्नुभयो, “एकै स्थानमा दुई पुरुष र केही पर महिला मृत अवस्थामा भेटिनु, प्रयोग भएको हतियार र शवको अवस्थाले घटनाको प्रकृति अत्यन्त गम्भीर देखिएको छ। प्रनाउ बिकका अनुसार घटनाको सत्य तथ्य पत्ता लगाउन जिल्ला प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली परिचालन गरिएको छ। हत्यामा सङ्लग्न व्यक्तिको खोजी तीव्र बनाइएको छ।”

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठका अनुसार गण्डकी प्रदेश प्रहरीको प्राविधिक टोली र तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थलमा खटिएर प्रमाण सङ्कलन तथा अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीसहितको टोलीले दिनभर घटनास्थलको अनुगमन गरेको प्रहरीले जनाएको छ।

  himalayanvoice.com | २६ पुष २०८२, शनिबार ११:५६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online