ट्रेण्डिङ्ग:
|पैसट्ठी प्रतिशत मत खस्ने आयोगको अनुमान|नेपाली कांग्रेसका सभापति थापाद्वारा मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान|आइसलाई गैरकानूनी करदाता डेटा साझा गरिएको प्रश्नहरूको जवाफ दिन आइआरएस अधिकारी बिसिग्नानोद्वारा अस्वीकार|गोलीकाण्डपछि कांग्रेससमक्ष उपस्थित नोएमद्वारा होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टको बचाउ|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|नेपालबाट नौ देशमा रोकियो उडान|प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशैभर बिहान ७ बजेदेखि मतदान सुरु|होलीको निमन्त्रणा, आउनुहोस, सप्तरंगी पर्व मनाउन आइतबार आर्टेसिया पार्कमा|जुलियन क्यास्ट्रोले अमेरिकाको दक्षिणपश्चिमका ल्याटिनो समुदायको परोपकारी कोषमा २५० मिलियन डलर दान गर्दै|मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा लागि सरकारको ध्यानाकर्षण

थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

काठमाडौँ । “भक्का छ ? अनि घोँगी नि ?” यतिबेला टुँडिखेलको मैदानमा यी दुई परिकार खोजीखोजी खानेहरूको भीड छ । पुसको अन्तिम दिन र माघको पहिलो दिन गरी दुई दिन थारु राष्ट्रिय माघी महोत्सव–२०८२ सुरु भएको छ ।

आज र भोलि मनाउने औपचारिक माघी महोत्सवलाई स्वागत गर्दै टुँडिखेलमा थारु समुदायका स्वादिला परिकार चखाउन चहलपहल सुरु भएको छ । केही स्टलमा परिकार पकाउने तर्खर गर्दै थिए भने केही स्टलमा भक्का, घोँगी, फ्राइ माछालगायत खानेकुरा पाकिसेका थिए । यद्यपि महोत्सव घुम्न आएकाहरूले भने घोँगी र भक्काको विशेष खोज्दै गर्दै थिए । मोरङकी सरिता खवासको समूहले दिउँसैदेखि माटोको भाँडोमा कपडाले बेरेर चामलको पिठोको तातोतातो भक्का पकाएर बेचिरहनुभएको थियो ।

“दिनभरमा भक्का मात्रै धेरे बिक्यो”, उहाँले भन्नुभयो, “घोँगी त खोज्ने नै भए ।” रत्नपार्क कामले आएका विष्णु भुजेलले टुँडिखेलमा थारु माघी महोत्सव देखेर उत्साहित हुनुभयो । उहाँ उत्साहित हुनुको प्रमुख कारण थारु समुदायले बनाउने विभिन्न मौलिक स्वादका परिकार थिए । स्टल घुमेपछि उहाँले घोँगी र भक्का नै चाख्नुभयो ।

“घोँगी अहिले महँगिएछ,” उहाँले खाइसकेपछि स्टलका व्यापारीलाई ध्यानाकर्षण पनि गराउनुभयो । उहाँको कुरा सुनेर मिठो मुस्कानसहित परिकार चखाएकी कैलालीका केशरी चौधरीले घोँगी महँगो हुनुको नालीबेलीसमेत सुनाउनुभयो । उहाँका अनुसार ९ रूपैँयामा किनेर ५० रूपैँया केजीमा बिक्री गरेको विगतको अनुभव अब अनुभवमा मात्रै सीमित रह्यो । शीतलहर अत्याधिक बढेकाले घोँगी खोज्न निकै कठिन भएपछि उहाँले बजारमा महँगो दरमा किनेर महोत्सवमा बेच्नु परेको बाध्यता बताउनुभयो ।

अहिले स्टलमा रु दुई सय केजीमा किनेर चार सयमा बिक्री गर्नु परेको उहाँले सुनाउनुभयो । “शीतलहरले घोँगी खोज्न सकिएन, महँगो किनेर बेच्नु परेको छ”, उहाँले भन्नुभयो । थारु महोत्सवमा थारु समुदायका परिकारले आर्किषत गरेको छ । थारु समुदायले माघी आउनु अगाडिदेखि नै दुनाटपरी बनाउने र खानपानको जोहो गर्दै महिना दिनअघिदेखि पर्वको तयारी गर्छन् । पुस मसान्तको दिन सुँगुर/बङ्गुर (जता गर्ने) र त्यसैदिन आगोको धुनी बाल्दै डफरमादलसँगै धुमरु गाउँदै रातभर जाग्राम रहने गरिन्छ । माघ १ गते सबेरै नजिकैको खोल, नदी, ताल, तलैयामा स्नान गरी ‘माघ लहान’ पूरा गरिने चलन छ । स्‍नानपश्चात पूजा र भाकल गरेर सन्तान सुख प्राप्ति र मनोकाङ्क्षा पूरा हुने जनविश्वाससमेत रहेको थारु समुदायका अगुवाहरू बताउनुहुन्छ । रासस

  himalayanvoice.com | १ माघ २०८२, बुधबार १२:०८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online