सुनसरी । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको मार्बल लोड गरिएको ट्रक बिहीबार बिहान हुलाकी राजमार्ग अन्तर्गत भोक्राहा नरसिंह–८ फुलचौक जाने बाटोमा सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा ५ जना मजदुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
दुर्घटनामा ज्यान गुमाउनेहरू सबै सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर १ का बासिन्दा रहेको मृत्यु हुनेमा ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङ रहेका छन् ।
दुर्घटनाग्रस्त ट्रकमा चालकसहित कुल ९ जना सवार थिए । अगाडि क्याबिनमा बसेका ४ जनामध्ये ३ जना सामान्य घाइते भएका छन् र उनीहरूको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ।
दुर्घटनापछि ट्रक चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया