ट्रेण्डिङ्ग:
|हिरासत केन्द्रमा स्वास्थ्य निरीक्षणमा अवरोध गरेपछि सान डिएगो काउन्टीद्वारा आइस विरुद्ध मुद्धा दायर|‘मेरी छोरी मान्या’ बालकथा सङ्ग्रहको विमोचन|समानुपातिकतर्फ एक करोड सात लाख मत गणना|दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते|सुनचाँदीको मूल्य बढ्यो|राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि|कर्णालीमा समानुपातिकतर्फ काँग्रेस पहिलो|कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैन: वरिष्ठतम न्यायाधीश मल्ल|प्रेम गाहा मगरद्वारा एनआरएनए महाधिवेशन र अनलाइन भोटिङ विरुद्ध उच्च अदालतमा रिट|ट्रम्प प्रशासनद्वारा सर्वोच्च अदालतको पुनरावेदनमा आप्रवासन एजेन्डालाई सुस्त बनाउने अदालतको फैसलाको आलोचना

स्रोत सुनिश्चित नहुँदा ३० हजारभन्दा बढी आयोजना अलपत्र

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले स्रोत सुनिश्चित नहुँदा ३० हजारभन्दा बढी आयोजना अलपत्र परेको जनाएको छ । 

महासङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमार्फत आर्थिक वर्ष २०७३/७४ पछि मुलुकमा करिब रु १९ खर्बका एक लाखको हाराहारीमा आयोजना बनाउने निर्णय भएकामा सरकारको अव्यवहारिक नीति नियम तथा अन्य विविध समस्याका कारण हाल ३० हजारभन्दा बढी आयोजना अलपत्र अवस्थामा रहेको जानकारी दिइयो ।

राज्यले बर्सेनि विनियोजन गरेको न्यूनतम पुँजीगत खर्चको आँकडा अत्यन्त कमजोर देखिएको तथा स्रोत सुनिश्चिततासहित पर्याप्त बजेट उपलब्ध गराइएका विदेशी निर्माण कम्पनी संलग्न मेलम्ची खानेपानी आयोजना, नाग ढुङ्गा सुरुङ मार्ग, ‘फास्ट ट्र्याक’लगायत राष्ट्रिय गौरवका आयोजना अझै पूरा हुन नसकेको महासङ्घले जनाएको छ । झन्डै दुई दशकअघि देखिका अव्यवहारिक ऐन, नियम नै निर्माण उद्योगको बाधक रहेको महासङ्घको ठम्याइ छ ।

महासङ्घका महासचिव रोशन दाहालले निर्माण क्षेत्रमा देखिएको ढिलाइका कारणबारे यथार्थ अध्ययन र समाधान खोज्नुपर्ने बताउनुभयो । महासङ्घले जिम्मेवार राजनीतिक दलहरूका नेता तथा पदाधिकारीबाट संयमित अभिव्यक्ति आउनुपर्नेमा जोड दिनुभयो । महासङ्घले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ लगायतका प्रावधान संशोधन गर्न, १५ प्रतिशतभन्दा बढी घटी कबुल गर्ने बोलपत्र स्वतः अस्वीकृत हुने व्यवस्था गर्न, मासिक भुक्तानी प्रणालीलाई सरल बनाउन, निर्माण उद्योगसम्बन्धी एकीकृत ‘छाता ऐन’ तर्जुमा गर्न र निर्माण सामग्रीको सहज उपलब्धता सुनिश्चित गर्न माग गरेको छ ।

त्यसैगरी, उपभोक्ता समितिमार्फत हुने निर्माण कार्यको सीमा घटाउन, नियमनकारी निकायमा निर्माण क्षेत्रसम्बन्धी विशेषज्ञता अभिवृद्धि गर्न तथा निर्माण व्यवसायी र उपकरणको सुरक्षाको प्रत्याभूति दिन सरकारसँग माग गरिएको छ ।

निर्माण उद्योगले कृषिपछिको ठुलो रोजगारीका रूपमा २५ लाखभन्दा बढीलाई रोजगारी दिँदै आएको उल्लेख गर्दै पूर्वाधार क्षेत्रको द्रुत विकासका लागि उद्योगमैत्री नीति तथा आधुनिक प्रविधि आवश्यक रहेको महासङ्घले जनाएको छ ।

निर्माण व्यवसायीले परियोजना स्थलमा शान्ति सुरक्षाको प्रत्याभूति गरिनाका साथै निर्माण व्यवसायी र निर्माण उपकरणको सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले भौतिक पूर्वाधार क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेको उल्लेख गर्दै यस क्षेत्रसँग सम्बन्धित झन्झटिला नियम परिवर्तन गर्नुपर्ने बताउनुभयो । सहज र व्यावहारिक नीति तथा नियम लागू भए मात्र निर्माण क्षेत्रले गति लिने उहाँले उल्लेख गर्नुभयो ।

  himalayanvoice.com | ११ फाल्गुन २०८२, सोमबार १६:५३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online