ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|आजदेखि देशभर आर्थिक गणना हुँदै|सरकारले एनआरएनका लागि वार्षिक एक खर्बको ‘डायस्पोरा बन्ड’ जारी गर्दै|नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोमा आरोग्य दिवस मनाइयो|राष्ट्रपति ट्रम्पले परिणाम जे भए पनि विजयको घोषणा गर्छन्, र इरान युद्ध यसको पछिल्लो उदाहरण हो|क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिस्टर्ब नगरियोस् : सभापति थापा|फुटसल कपको उपाधि बैंकर्स क्लबलाई|कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु|टोखामा सपनतीर्थ मेला, भक्तजनको घुइँचो|सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशैभर बिहान ७ बजेदेखि मतदान सुरु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान प्रक्रिया अन्तर्गत बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १ सय ६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ १ सय १० पदका लागि देशैभर एकैचरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन भइरहेको छ ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १ सय ६५ क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थानका लागि अहिले मतदान जारी छ । आज भइरहेको निर्वाचनमा प्रत्यक्षतर्फ तीन हजार ४ सय ६ उम्मेदवार मैदानमा छन्, जसमा ३ हजार १७ पुरुष, तीन सय ८८ महिला र अन्य उम्मेदवार एक जना रहेका छन् ।

यो निर्वाचनमा राजनीतिक दलका तर्फबाट २ हजार २ सय ६३ र १ हजार १ सय ४३ स्वतन्त्र उम्मेदवार रहेका छन् ।
यसपटकको निर्वाचनमा फागुन २० गतेसम्म १८ वर्ष पुरा हुने मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ रहेको छ । जसमध्ये पुरुष ९६ लाख ६३ हजार ३ सय ५८, महिला ९२ लाख ४० हजार १ सय ३१ र अन्यमा २ सय जना मतदाता रहेका छन् ।देशैभर १० हजार ९ सय ६७ मतदान स्थलका २३ हजार २ सय ५५ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

निर्वाचन आयोगले स्वच्छ, निष्पक्ष, पारदर्शी, धाँधलीरहित र विश्वसनीय वातावरणमा मतदान हुने भएकाले निर्धक्क भएर निर्वाचनमा सहभागी हुन आयोगले आग्रह गरेको छ ।निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्बाध रूपमा मतदान गर्न पाउने सुरक्षा व्यवस्था मिलाइएकाले निर्धक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ ।

मतदान बेलुका ५ बजेसम्म चल्ने छ । आफूलाई सहज हुने जुनसुकै समयमा आफ्नो मतदान केन्द्रमा गएर मतदाताले मतदान गर्न सक्नेगरी व्यवस्था गरिएको छ ।निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरि दुुईवटा मतपत्रमा मतदान गर्नुपर्ने छ । मतदाताले दुवै मतपत्रमा एक एक वटा आफूलाई मन परेको राजनीतिक दल र उम्मेदवारलाई मतदान गर्न सकिने छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ ६३ वटा दलबाट ५७ वटा निर्वाचन चिन्ह कायम भएका छन् ।एक सय १० वटा पदका लागि ६३ वटा दलका तर्फबाट तीन हजार १ सय ३५ उम्मेदवारको नाम बन्दसूचीमा समावेश गरिएको छ । जसमा १ हजार ७ सय ७२ महिला र १ हजार ३ सय ६३ पुरुष छन् ।

निर्वाचनमा ३९ राष्ट्रिय र ४ ओटा अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाले निर्वाचनको पर्यवेक्षण गरिरहेका छन् ।निर्वाचनमा दुई लाख १५ हजार कर्मचारी खटिएका छन् ।निर्वाचन सुरक्षाका लागि ७९ हजार ७ सय २७ नेपाली सेना, ७५ हजार ७ सय ९७ नेपाल प्रहरी, ३४ हजार ५ सय ६७ सशस्त्र प्रहरी बल, एक हजार ९ सय २१ राष्ट्रिय अनुसन्धानका कर्मचारी र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिइएका छन् ।

मतदान केन्द्रहरूको निर्माण र मतदान स्थलहरूलाई लैङ्गिक तथा अपाङ्गमैत्री बनाइएको र सबै मतदाताको सहज पहुँच सुनिश्चित गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदाताले निर्बाध रूपमा आफूलाई मन परेको उम्मेदवार र राजनीतिक दललाई मतदान गर्न पाउने गरी शान्ति सुरक्षाको प्रबन्ध मिलाइएको आयोगले जनाएको छ ।

  himalayanvoice.com | २० फाल्गुन २०८२, बुधबार २१:०७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online