ट्रेण्डिङ्ग:
|नेपालका सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने अभियानलाई सघाउन लन्डनमा च्यारिटी शो|अमेरिका र इरान युद्धविराम वार्ताको लागि पाकिस्तान फर्कने संकेत|कथाकृति ‘जङ्गबहादुर पनि हाँस्छ ?’ लोकार्पण|सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ|अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्री बिच भेट|सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त|अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने|योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानहरूलाई प्रभावकारी बनाइने |प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको मस्यौदा सभामुखलाई हस्तान्तरण|धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन 

जाजरकोटमा नेपाली कांग्रेसका खडगबहादुर बुढा विजयी

जाजरकोट । नेपाली कम्युनिष्ट पार्टीका शक्तिबहादुुर बस्नेतको किल्ला तोड्दै नेपाली कांग्रेसका खडगबहादुर बुढा विजय हुनुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार बुढाले दुइ हजार ६३५ मतान्तरले विजय हुनुभएको हो ।

मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालका अनुसार नेपाली कम्युनिष्ट पार्टीका बस्नेतलाई कांग्रेसका बुढाले २० हजार १४२ मत प्राप्त गरी विजयी हुनु भएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बस्नेतले १७ हजार ५०७ मत प्राप्त गर्नुभएको छ । नेकपा एमाले उम्मेदवार डम्बरबहादुर सिंहले १६ हजार ८८३ मत प्राप्त गर्नु भएको । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवा राघव कार्कीले २ हजार ४७१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत खनालले बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका बुढालाई मुख्य निर्वाचन अधिकृत खनालले विजयको प्रमाणपत्र प्रदान गर्नुभएको छ । २०७०, २०७४, २०७९ का निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका बस्नेतले विजयी प्राप्त गरी लाल किल्ला कायम गरेको सो क्षेत्रमा काग्रेस विजयी भएको छ । बुढा विजय भएपछि कांग्रेस कार्यकर्तामा उत्साह छाएको छ ।

  himalayanvoice.com | २३ फाल्गुन २०८२, शनिबार २२:१८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online