ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

प्रतिनिधिसभाद्वारा विभिन्न समितिमा सदस्य मनोनयन

काठमाडौँ । प्रतिनिधिसभाका विभिन्न समितिमा सदस्यहरू मनोनयन भएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले गर्नुभएको मनोनयनसम्बन्धी प्रस्तावलाई बैठकले स्वीकार गरेको छ ।

संसदीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम निकरानी, चन्दनकुमार सिंह, पद्माकुमारी अर्याल, बोधनारायण श्रेष्ठ, भीष्मराज आङदेम्बे, मधु चौलागाईँ, रञ्जु दर्शना, राजीव खत्री, लेखजङ्ग कार्की र वर्षामान पुन मनोनीत हुनुभएको छ ।

यसैगरी संयुक्त समितिका रुपमा रहेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा प्रतिनिधिसभाबाटै १२ जना सदस्यलाई मनोनयन गरिएको छ ।

समितिमा अङ्कित ठाकुर, गणेश कार्की, गीता गुरुङ, जनकराज गिरी, नरेन्द्र चौधरी, पुष्पराज कँडेल, प्रकाशचन्द्र परियार, प्रमेशकुमार हमाल, राजेश प्रसाईँ, राम लामा, रीमा विश्वकर्मा, सुशान्त वैदिक हुनुहुन्छ ।

बैठकले प्रतिनिधिसभाको अर्थ समितिमा २६, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उपभोक्ता तथा वाणिज्य र श्रम उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समितिमा सदस्यहरू मनोनयन गरिएको छ ।

  himalayanvoice.com | २८ चैत्र २०८२, शनिबार ११:१४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online