ट्रेण्डिङ्ग:
|नेपालका सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने अभियानलाई सघाउन लन्डनमा च्यारिटी शो|अमेरिका र इरान युद्धविराम वार्ताको लागि पाकिस्तान फर्कने संकेत|कथाकृति ‘जङ्गबहादुर पनि हाँस्छ ?’ लोकार्पण|सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ|अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्री बिच भेट|सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त|अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने|योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानहरूलाई प्रभावकारी बनाइने |प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको मस्यौदा सभामुखलाई हस्तान्तरण|धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन 

विवादका बीच एनआरएनए निर्वाचन प्रक्रिया सुरु, मनोनयन दर्ता सुरु

काठमाडौँ । खाडी र मध्यपूर्वमा युद्धको त्रास र दुई पक्ष बिचको विवाद हुदा हुदै गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ। आगामी शनिबारदेखि सुरु हुने संघको १२औँ महाधिवेशनअन्तर्गत हुने निर्वाचनका लागि सोमबार अन्तिम नामावली सार्वजनिक गरिएको निर्वाचन प्रमुख आयुक्त तेजबहादुर कार्कीले जानकारी दिए।

यसअघि संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले सबै पक्षलाई समेटेर एकीकृत मतदाता नामावली निर्वाचन समितिलाई पठाएका थिए।

निर्वाचन समितिले आजैदेखि मनोनयन दर्ता प्रक्रिया पनि अघि बढाएको छ।

संघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा ४ हजारभन्दा बढी प्रतिनिधि चयन भएका छन्। उनीहरूले हाइब्रिड (भौतिक तथा अनलाइन) माध्यमबाट आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन्।

संघको अध्यक्ष पदका लागि डा. हेमराज शर्मा र रोविन शेरचनले आ–आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। तर बृहत् एकता महाधिवेशनको सन्देश दिन सर्वसम्मत कार्यसमिति गठन गर्नुपर्ने माग पनि बढ्दै गएको बताइएको छ।

  himalayanvoice.com | २५ फाल्गुन २०८२, सोमबार १५:३४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online