ट्रेण्डिङ्ग:
|इरानमाथि अमेरिकी नाकाबन्दीले जहाजहरूलाई कसरी घुम्न अनुमति दियो?|फ्लोरिडाको ‘एलिगेटर अल्काट्राज’ मा गार्डहरूले बन्दीहरूलाई कुटे र खुर्सानी छर्के – वकिल|आइटिएफ टेनिसको सेमिफाइनल समीकरण पूरा|सुनचाँदीको मूल्यमा सामान्य वृद्धि|सुरक्षा संयन्त्रको जाँचबुझ गर्न प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन|तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा|काँग्रेस कार्यबहाक सभापति खड्कालाई सातदिने स्पष्टीकरण|क्यालिफोर्नियाको सानफ्रान्सिस्को सीटीद्वारा नेपाली नयाँ वर्ष वैशाख १ लाई मान्यता|दीपक खड्काको मुद्धामा अनुसन्धान फाइल झिकाउने आदेश|सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

‘माई डटर्ज हेयर’ प्रदर्शनसँगै सुरु भयो निफ

काठमाडौँ ।  नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौँमा बिहीबारबाट सुरु भएको छ । चैत २३ सम्म जारी हुने निफ हिशान्त फराहमन्दद्वारा निर्देशित इरानी फिल्म ‘माई डटर्ज हेयर’ प्रदर्शन गर्दै सुरु गरिएको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेत, नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो डेन हार्टोग, नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हास्मी, नेपालका लागि श्रीलङ्काका राजदूत रुवन्थी डेलपिटिया, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र भारतीय निर्देशक तथा निर्माता रमेश सिप्पीले महोत्सव उद्घाटन गर्नुभएको थियो । सचिव बस्नेतले निफले नेपाली फिल्मको बजार र अन्य चलचित्र उद्योगसँग सम्बन्ध विस्तारमा सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।

ब्राजिलका राजदूत कार्लोस अल्बर्टो डेन हार्टोगले निफलाई सफलताको शुभकामना दिनुभयो । उहाँले आफ्नो देशबाट छनोटमा परेका फिल्मको कथाबारे पनि चर्चा गर्नुभयो । यस्तै पाकिस्तानी राजदूत अब्रार एच हास्मीले निफलाई सफलताको शुभकामना दिँदै आफू यस महोत्सवमा तेस्रो पटक सहभागी भएको बताउनुभयो ।

निफमा ४० देशका ८८ वटा फिल्म प्रदर्शन गरिने आयोजकले जनाएको छ । छ वटा चिनियाँ र चार वटा रुसी फिल्म प्रतिस्पर्धाबाहिर रहेर विशेष प्रदर्शन गरिने आयोजकले बताएको छ । रसियन हाउसमा रसियन फिल्म डेज आयोजना गरिने छ । अन्य दिन पनि यस स्थानमा प्रदर्शन हुने फिल्म निःशुल्क हेर्न पाइने छ । प्रतिस्पर्धामा रहेकामध्येका फिल्म सिभिल मल र छाया सेन्टरमा भने स–शुल्क प्रदर्शन हुने छ । निफ अन्तर्गत १० वटा अन्तर्कियात्मक कार्यक्रम राखिएको छ । यसमा विभिन्न देशका मेकरले आफ्नो अनुभव सेयर गर्ने छन् ।

नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सिजाङ प्यानोरमा पनि आयोजना गरिएको छ । यस अन्तर्गत छ वटा चिनियाँ सिनेमा र वृत्तचित्र प्रदर्शन गरिने छ । स्नो लियोपार्ड, वरियर किङ, होम अवे होम क्लोज, सनराइज ओभर दी प्ल्याटो, लनर्स फर्म दी टप अफ दी वल्र्ड र डिसकभरिङ सिजाङ २०२६ चलचित्र रहेको छ । यी चलचित्र पर्यटन बोर्ड र छाया सेन्टरमा  निःशुल्क हेर्न पाइने छ । सो चलचित्रको माध्यमले नेपाल र चीनको संस्कृति अझ राम्रोसँग बुझ्न सकिने विश्वास आयोजकको रहेको छ ।

  himalayanvoice.com | २० चैत्र २०८२, शुक्रबार १३:५२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online