ट्रेण्डिङ्ग:
|लस-एन्जलसमा बृहद बनभोज भव्यताका साथ् सम्पन्न, प्रवासमा काँग्रेस जिवन्त रहेको संदेश|कांग्रेस संसदीय दलको नेता छान्न वैशाख ११ गते निर्वाचन|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|तराई क्षेत्रमा तातो लहरको सम्भावना|भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द|उदयपुरको बेल्टारमा भीषण आगलागी, दुई जनाको शव फेला|‘क्यालिफोर्नियामा आइसले गोली हानेको व्यक्ति भाग्ने जोखिमको चिन्तामा हिरासतमा रहनेछ’|स्पेनको नयाँ सामूहिक वैधानिकीकरण कार्यक्रम अन्तर्गत आवेदन दिन आप्रवासीहरूको हतार|नर्थ क्यारोलिनामा मनाइयो नेपाल दिवस|चार जनालाई ‘वानीरा पुरस्कार’

लस-एन्जलसमा बृहद बनभोज भव्यताका साथ् सम्पन्न, प्रवासमा काँग्रेस जिवन्त रहेको संदेश 'महामानव बिपी कोइरालाको विचार आज पनि सान्दर्भिक छ र अमेरिकामा रहेको नेपाली डायस्पोरामा नेपाली काँग्रेस जिवन्त र गतिशील छ ।'

लस-एन्जलस । समाजवादी आन्दोलनका शिखर पुरुष बिपी कोइरालाले नेपाली डायस्पोरालाई संगठित गर्ने अभियानका रुपमा सुरु गरेको नेपाली जन सम्पर्क समिति दक्षिण क्यालिफोर्नियाले आयोजना गरेको बृहद बनभोज सहभोज, खेलकुद, मनोरन्जन कार्यक्रम सहित भव्यताका साथ् सम्पन्न भएको छ ।



सभापति राम चन्द्र लामिछानेका अनुसार झन्डै एक हजार नेपाली सहभागी रहेको बृहद बनभोजले अमेरिकामा रहेको नेपाली डायस्पोरालाई जोड्ने सेतुको रुपमा महोत्सवकै झल्को दिन सफल भएको छ ।

सभापति लामिछानेले उद्घाटन सत्रमा भने, ‘समुदायको सहकार्य र एकताको लागि बनभोजलाई निरन्तरता दिइने छ । यसका अतिरिक्त अध्यागमन परामर्श र नेपाली विद्यार्थीहरुको हितमा कल्याणकारी कार्य सुरु गरिनेछ ।’



लामिछानेले जोड दिएर भने, ‘महामानव बिपी कोइरालाको विचार आज पनि सान्दर्भिक छ र अमेरिकामा रहेको नेपाली डायस्पोरामा नेपाली काँग्रेस जिवन्त र गतिशील छ ।’

अमेरिका भरिबाट आएका अतिथि, दक्षिण क्यालिफोर्नियाका बृद्ध, बालक र तन्नेरीहरुको उपस्थितिमा सम्पन्न बृहद बनभोजमा नेपाली पन्चे बाजा घन्किदा तालीको गड गडाहट र चर्चित लोक गायक कृष्ण देवकोटाको गीतमा मोहित देखिन्थे सहभागीहरु ।

बृहद बनभोजका संयोजक शमशेर भण्डारी ‘सुबास’ को ब्यबस्थापन र उद्घोषणले उद्घाटन सत्र रोमान्चित बनेको थियो । संयोजक भण्डारीका अनुसार यस बर्ष समुदायको हितमा काम गर्ने वेद भक्त जोशी, मदन पाठक, नबिन पोखरेल, राजेश निरौला र अनिल ओलीलाई सम्मान गरिएको थियो ।



संयोजक भण्डारीका अनुसार बृहद बनभोजको पहिलो सत्रमा योग शिविर संचालन गरिएको थियो भने, उद्घाटन सत्रमा अतिथिहरुको संबोधनसंगै बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए भने बीच बिचमा चर्चित लोक गायक कृष्ण देवकोटाको प्रस्तुतिमा सहभागीहरु रमाउने अवसर सृजना गरिएको थियो ।



भण्डारीका अनुसार उद्घाटन सत्र सकिए लगत्तै बालबालिका, महिला र बृद्धहरुको लागि मनोरन्जनात्मक खेल आयोजना गरिएको थियो । साथमा सहभोज संगै राफल चिट्ठा समेत खोलिएको थियो ।

बृहद बनभोज उद्घाटन सत्रमा नेपाली जनसम्पर्क समितिका शभापति धनन्जय नरसिंह केसी, क्यालिफोर्नियका लागि नेपाली अवैतनिक वाणिज्यदुत ऋषि पुनाखर ढकाल, नेजस न्यु योर्क च्याप्टरका सभापति दिनेश भण्डारी, सान फ्रान्सिस्को च्याप्टरका सभापति हरि भट्ट, गैर आवासिय नेपाली संघका पूर्ण बानिया, हेम ठकुल्ला, श्री पशुपतिनाथ बुद्ध मन्दिरका अध्यक्ष बिमल श्रेष्ठ, पत्रकार गोकुल ढकाल लगायतले संबोधन गरेका थिए ।

समितिका माहामन्त्री बिबेक श्रेष्ठको स्वागत भाषणबाट सुरु भएको पहिलो सत्र लगत्तै गित, संगीत र खेल र सहभोजले सहभागीहरु मन्त्रमुग्ध देखिन्थे ।

  himalayanvoice.com | ८ बैशाख २०८३, मंगलवार ००:०३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online