ट्रेण्डिङ्ग:
|१०,००० मानिसहरू अटाउने आइस हिरासत बिरुद्ध एटलान्टा नगरद्वारा होमल्याण्ड सेक्युरिटी विरुद्ध मुद्धा दायर|आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना|‘विदेश जान्न, पुर्ख्यौली पेसालाई आधुनिक र व्यावसायिक बनाउँछु’|तेलको मूल्य बढ्दा विश्वभरका शेयर बजारमा गिरावट|ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड|कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्व कार्यवाहक सभापति खड्का|आइसिसी विश्वकप क्रिकेट लिग-२ : अमेरिकामाथि नेपालको जित|अमेरिकी सेनाका सार्जेन्टकी श्रीमती संघीय अध्यागमन हिरासतबाट रिहा|कन्ट्र्याक्ट अफेयरको कथा|पेमा भाउजू

चन्द्रगढी महिला गोल्डकप : एपीएफ फाइनलमा

झापा । चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले हराउँदै विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब भद्रपुरमा जारी ओम साई पाथीभरा चन्द्रगढी महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा एपीएफले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ ।

मेची रङ्गशालामा खेलको ३४ औँ मिनेटमा रश्मिकुमारी घिसिङको गोलमा एपीएफले अग्रता बनायो ।

पहिलो हाफमा १–० ले अगाडि रहेको एपीएफले दोस्रो हाफमा २ गोल थप्यो । खेलको ४९ औँ मिनेटमा कप्तान अनिता बस्नेतले एपीएफको अग्रता दोब्बर बनाइन् । ६२ औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोल गर्दै एपीएफको जित सुनिश्चित गरिन् । यो खेलमा उनको यो दोस्रो गोल थियो भने जारी प्रतियोगितामा यो छैटौँ गोल हो । उनी सर्वाधिक गोलकर्ताको सूचीको पहिलो नम्बरमा छिन् ।

खेलको प्लेयर अफ द म्याच एपीएफकी रेनुका नगरकोटी भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् ।

फाइनल खेल बैशाख १४ गते सोमबार हुने आयोजक चन्द्रगढी युथ क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिनुभयो ।

  himalayanvoice.com | १२ बैशाख २०८३, शनिबार ११:२८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online