ट्रेण्डिङ्ग:
|१०,००० मानिसहरू अटाउने आइस हिरासत बिरुद्ध एटलान्टा नगरद्वारा होमल्याण्ड सेक्युरिटी विरुद्ध मुद्धा दायर|आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना|‘विदेश जान्न, पुर्ख्यौली पेसालाई आधुनिक र व्यावसायिक बनाउँछु’|तेलको मूल्य बढ्दा विश्वभरका शेयर बजारमा गिरावट|ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड|कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्व कार्यवाहक सभापति खड्का|आइसिसी विश्वकप क्रिकेट लिग-२ : अमेरिकामाथि नेपालको जित|अमेरिकी सेनाका सार्जेन्टकी श्रीमती संघीय अध्यागमन हिरासतबाट रिहा|कन्ट्र्याक्ट अफेयरको कथा|पेमा भाउजू

सुरेन र सन्देशको सहकार्यमा ‘छेक्यो डाँडा कुहिरोले’

काठमाडौँ । गायकद्वय सुरेन गौतम र सन्देश श्रेष्ठले संयुक्त रूपमा गीत ‘छेक्यो डाँडा कुहिरोले’ लाई नयाँ लोक रक शैलीमा प्रस्तुत गर्नुभएको छ । दुवैको सहकार्यले पुरानो सम्झना, मित्रता र नयाँ सङ्गीतिक प्रयोगलाई सरल र भावनात्मक रूपमा समेटिएको छ ।

उक्त गीतका रचनाकार तथा सङ्गीतकार भरत देउराली हुनुहुन्छ । उहाँ पाल्पाको चर्चित ब्यान्ड ‘देउराली परिवार’ का संस्थापकसमेत हुनुहुन्छ । यसै गरी देउराली नेपाली साङ्गीतिक क्षेत्रमा ‘चरी म¥यो’ (नेपथ्यद्वारा गाइएको), ‘तानसेन झरेर’ र ‘म सानो छैन’ जस्ता चर्चित गीतका सर्जकका रूपमा चिनिनुहुन्छ ।

‘नयाँ संस्करणमा परम्परागत नेपाली लोकधुनलाई आधुनिक रक सङ्गीतसँग सम्मिश्रण गरिएको छ । दिनेश श्रेष्ठको सङ्गीत संयोजनले गीतलाई अर्को स्तरमा पु¥याएको छ । गीतको भावनात्मक गहिराइलाई जोगाउँदै गरिएको प्रस्तुति सुरेश सन्देशको स्वरसम्बन्धी समन्वयका कारण अझ सशक्त र समकालीन बनेको छ ।

  himalayanvoice.com | १५ बैशाख २०८३, मंगलवार ०१:१३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online