ट्रेण्डिङ्ग:
|आइस हिरासत निर्माण गर्ने होमल्याण्ड सेक्युरिटीको निर्णय विरुद्ध एटलान्टा नगरद्वारा मुद्धा दायर|आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना|‘विदेश जान्न, पुर्ख्यौली पेसालाई आधुनिक र व्यावसायिक बनाउँछु’|तेलको मूल्य बढ्दा विश्वभरका शेयर बजारमा गिरावट|ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड|कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्व कार्यवाहक सभापति खड्का|आइसिसी विश्वकप क्रिकेट लिग-२ : अमेरिकामाथि नेपालको जित|अमेरिकी सेनाका सार्जेन्टकी श्रीमती संघीय अध्यागमन हिरासतबाट रिहा|कन्ट्र्याक्ट अफेयरको कथा|पेमा भाउजू

मुनालको ‘बतासे प्रेम’ मुक्तकसङ्ग्रह लोकार्पण

स्याङ्जा । युवा मुक्तककार मुनाल गोदार क्षेत्रीको पहिलो साहित्यिक कृति ‘मुनाल (बतासे प्रेम)’ मुक्तकसङ्ग्रहको लोकार्पण, परिचर्चा तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

स्याङ्जामा साहित्यिक पुनर्जागरणको आठौँ वर्ष प्रवेशको अवसरमा भीरकोट नगरपालिका–७ को आयोजनामा कालिका पुस्तकालय, बलमाटामा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा साहित्यिक अभियन्ता मिलन समीर, युवा स्रष्टा शम्भु अर्याल र मनिषा कोइरालाले ‘मुनाल (बतासे प्रेम)’ कृतिको समीक्षा गर्नुभएको थियो । मुनाल गोदार क्षेत्रीको यो पहिलो साहित्यिक कृति हो । उक्त मुक्तकसङ्ग्रह नेपाली लेखक सङ्घ, स्याङ्जाले प्रकाशन गरेको हो ।

सम्पादक मिलन समीरद्वारा सम्पादित कृतिमा समसामयिक विषय, प्रसङ्ग र सन्दर्भसँग सम्बन्धित ८३ वटा मुक्तक समावेश गरिएका छन् । साथै प्रत्येक मुक्तकअनुसार विषय सुहाउँदा रेखाचित्र (स्केच) समेत राखिएको छ ।

कार्यक्रममा स्याङ्जाली स्रष्टाहरू नुवादत्त अर्याल, लेखबहादुर केसी ‘किरण’, यामप्रसाद अधिकारी ९लक्ष्मण०, छायाराम खनाल, वसन्त खनाल, दिलीप तिवारी, खगेन्द्रजंग थापा, डिल्लीराम भण्डारी, अमित सुनार, सुदीक्षा सुनार, सक्षम रोका, उषा सुनार, इशाना रोका, सरगम थापा, गुरुप्रसाद ढकाल, चण्डिकाप्रसाद भट्टराई, हरिप्रसाद पङ्गेनी, बबिन पाठक, लीला रेग्मी, लेखनाथ काफ्ले, पारिश्वर न्यौपाने र ध्रुवप्रसाद शर्मा पङ्गेनीले आफ्ना रचना वाचन गर्नुभएको थियो ।

  himalayanvoice.com | १३ बैशाख २०८३, आईतवार ११:४५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online