ट्रेण्डिङ्ग:
|फिफा विश्वकप फुटबल–२०२६: गोल्डेन बुट बिजेता एम्बापे, हालान्ड र मानेले खेल्ने समूह ‘आई’|ट्रम्प प्रशासनले ११,००० लेबनानीहरूको लागि सुरक्षा विस्तार गर्दै दुर्लभ टीपीएस राहत प्रदान गर्‍यो|गलत जानकारीको आधारमा शरणार्थी मुद्धा दायर गर्ने वकिल र आवेदकहरू विरुद्ध कडा कारबाही गर्ने डिएचएसको चेतावनी|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|आजको मौसमः मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना|नयाँ बजेटसंगै मदिरा र सुर्तीजन्य वस्तुमा बढ्यो अन्तःशुल्क|एनआरएनएद्वारा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूका लागि नीतिगत व्यवस्था गरिएकोमा बजेटको स्वागत|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो

बीमासम्बन्धी कसुरमा माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

काठमाडौं । बीमा सम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको अभियोगमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ४६ वर्षीय श्रेष्ठलाई मङ्गलबार काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५ बाट नियन्त्रणमा लिएको हो ।

नेपाल बीमा प्राधिकरण, कुपण्डोलको गत वैशाख ८ गतेको पत्राचार र आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा श्रेष्ठमाथि अनुसन्धान सुरु गरिएको ब्यूरोले जनाएको छ । प्राधिकरणको प्रतिवेदनमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड समेतको संलग्नतामा बीमा ऐन २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) बमोजिमको कसुर भएको उल्लेख गरिएको छ ।

सोही प्रतिवेदनका आधारमा ब्यूरोले अनुसन्धानका लागि श्रेष्ठलाई पक्राउ गर्न वैशाख १४ गते काठमाडौं जिल्ला अदालत, बबरमहलबाट अनुमति लिएको थियो । पक्राउ परेका श्रेष्ठमाथि बीमा क्षेत्रमा भएको आर्थिक अनियमितता र कानुनी मर्यादा उल्लंघनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रचलित कानुन अनुसार बीमा क्षेत्रको पारदर्शिता र सुशासन कायम राख्न प्राधिकरणले गरेको छानबिनका आधारमा यो कारबाही अगाडि बढाइएको ब्यूरोको भनाइ छ ।

  himalayanvoice.com | १५ बैशाख २०८३, मंगलवार ११:४९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online