लस एन्जलस । अमेरिकाको क्यालीफेर्नियामा एउटा रासायनिक ट्याङ्की चुहावट हुन थालेपछि दशौं हजार मानिसलाई आफ्नो घर छोड्न आदेश दिइएको जनाइएको छ । ट्याङ्कीमा २६ हजार लिटर मिथाइल मेथाक्रिलेट रहेको जनाइएको छ ।
जुन प्लास्टिक बनाउन प्रयोग हुने अस्थिर र ज्वलनशील तरल पदार्थ हो । अग्निन नियन्त्रकले स्थिति गम्भीर रहेको चेतावनी दिएका थिए । ट्याङ्कीमा निरन्तर चुवावट भएमा त्यस क्षेत्रको पार्किङ स्थलमा उक्त खराब रसायन छरिने वा उड्ने सम्भावना रहेको हुँदा यसले वरपरका ईन्धन वा रसायन भएका ट्याङ्कीलाई असर गर्ने जनाइएको छ ।
लस एन्जलसको दक्षिणपूर्वमा रहेको ओरेन्ज काउन्टीको गार्डेन ग्रोभ क्षेत्रमा यो घटना भएको हो । गार्डेन ग्रोभ प्रहरी प्रमुख अमिर एल–फर्राले निकासी आदेश जारी गरी करिब ४० हजार मानिस प्रभावित भएको र हजारौंले आफ्नो घर छोड्न अस्वीकार गरेको बताउनुभएको छ ।
स्थानीय टिभीले खिचेको हवाई फुटेजमा ट्याङ्कीमा पानी छर्किरहेको देखाइएको छ । भने ट्याङ्की चिसो पार्ने प्रयास सफल भएको बताइएको छ । हाल ६१ डिग्रीको तापक्रममा झरेको छ भने ५० डिग्रीमा झरेपछि यसको अवस्था सहज भएको मानिने छ त्यसैले हालसम्मका प्रयास सफल भइरहेको जनाइएको छ ।
स्वास्थ्य अधिकारी रेजिना चिन्सियो क्वाङले ट्याङ्की वरपरको प्रभावित क्षेत्रमा आवश्यक सावधानी अपनाइ रहेको बताउनुभएको छ । उहाँले विस्फोट र गन्ध थाहा पाउने जो कोहीलाई पनि सम्बन्धित अधिकारीलाई सचेत गराउन अपील गर्नुभएको छ । शुक्रबार सम्म कोहि प्रभावित तथा घाइते भएको रिपोर्ट गरिएको छैन भने चुहावटको कारण पनि अनुमान गर्न नसकिएको जानाइएको छ ।
रासायनिक फैलावटको लागि आवाश्यक पूर्व तयारी गरिरहेको बताइएको छ । हावा र समुद्रमा समाहित हुने नदीमा पुग्नबाट कुनै पनि छरिएको सामग्रीलाई रोक्न रोकथाम अवरोध कायम राख्ने काम गरिरहेको अधिकारीले जनाएका छन् । अमेरिकी वातावरणीय संरक्षण एजेन्सीले मिथाइल मेथाक्रिलेटले मानिसमा छाला, आँखा र झिल्लीमा जलन गरिरहेको बताएको छ । यसले मानिसमा अल्पकालीन र दीर्घकालीन प्रभावपछि श्वासप्रश्वासका प्रभाव रिपोर्ट गरिएको छ ।
प्रतिक्रिया