ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

राष्ट्रियसभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित “हामीले ऐतिहासिक फड्को मारेका छौँ, यसको जस दुवै सदन र सांसद र सरोकारवालालाई जान्छ । सबैको साझा प्रयत्नले यो सम्भव भएको छ । विधेयकले आमा पनि वंश हो भनेर व्यावहारिक रूपमा सुनिश्चित गरेको छ । कानुनको अभावका कारण आमाको नामबाट नागरिकता दिनसक्ने अवस्था थिएन । अब आमाको नामबाट वंशजको नागरिकता प्राप्त गर्न सकिनेछ ।”

काठमाडौँ । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई सभाले पारित गरेको हो । उक्त विधेयक राष्ट्रियसभाले पुनः सन्देशसहित प्रतिनिधिसभामा पठाउनेछ ।

विसं २०८१ माघ १५ गते गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा नागरिकता (दोस्रो संशोधन) विधेयक दर्ता गराउनुभएको थियो । उक्त विधेयक २०८२ साल असार १४ गते प्रतिनिधिसभाबाट पारित भएको थियो ।

त्यसअघि, विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले आमाको नामबाट पनि नागरिकता पाउनसक्ने व्यावहारिक व्यवस्थालाई सुनिश्चित गरेको उल्लेख गर्नुभयो । गृहमन्त्री लेखकले भन्नुभयो, “हामीले ऐतिहासिक फड्को मारेका छौँ, यसको जस दुवै सदन र सांसद र सरोकारवालालाई जान्छ । सबैको साझा प्रयत्नले यो सम्भव भएको छ । विधेयकले आमा पनि वंश हो भनेर व्यावहारिक रूपमा सुनिश्चित गरेको छ । कानुनको अभावका कारण आमाको नामबाट नागरिकता दिनसक्ने अवस्था थिएन । अब आमाको नामबाट वंशजको नागरिकता प्राप्त गर्न सकिनेछ ।”

नेपालको संविधानको व्यवस्था अनुरूप कुनै पनि नागरिकलाई नागरिकताप्राप्त गर्नबाट वञ्चित नगर्ने भन्ने भावनाका साथ विधेयक ल्याइएको उहाँले उल्लेख गर्नुभयो । उहाँले विधेयकलाई थप उन्नत, वैज्ञानिक र व्यावहारिक र सरलीकृत गरेर पारित गरेकामा सभालाई धन्यवाद दिनुभयो । विधेयकमाथिको छलफलमा सांसदहरू कृष्णबहादुर रोकाया, रेनु चन्द, गोपाल भट्टराई, पूजा चौधरी, मायाप्रसाद शर्मा, पदम बहादुर परियार, विष्णुबहादुर विश्वकर्मा र सुरेश आलेमगर सहभागी हुनुभएको थियो ।

संवैधानिक व्यवस्थाअनुसार आम नेपाली नागरिकलाई नागरिकता प्राप्तिबाट वञ्चित नहोस् भन्ने उद्देश्यले विधेयक ल्याइएको हो । नयाँ व्यवस्थाअनुसार आमा वा बाबुको नाम राखेर सन्तानले नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् ।

  himalayanvoice.com | ६ भाद्र २०८२, शुक्रबार १२:४८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online