ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

बुधबार नेपालभर सार्वजनिक बिदा भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा

काठमाडौँ  ।  गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन बुधबार सार्वजनिक बिदा दिएको छ । 

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले आज एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार भोलिलाई सार्वजनिक बिदा घोषणा गरिएको जानकारी दिनुभयो ।

जारी विज्ञप्तिमा भनिएको छ, “भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार मन्त्रिपरिषद् बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”

  himalayanvoice.com | ३१ भाद्र २०८२, मंगलवार १०:५२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online