ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

आन्दोलनले उठाएका आवाजलाई सम्बोधन गर्न सबैले हातेमालो गर्नुपर्छ उहाँले विदेशमा रहेका नेपाली मतदातालाई मतदात गराउने उपायको समेत खोजी गरिरहेको जानकारी दिनुभयो।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका त्याग, बलिदान एवं सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै ‘जेनजी’ आन्दोलनले उठाएका आवाजलाई सम्बोधन गर्न सबैले हातेमालो गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।

आज राष्ट्रका नाममा पहिलो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले भन्नुभयो, “प्रदर्शनका क्रममा जीवन गुमाउने योद्धालाई सहिद घोषणा गरी निजका शोक सन्तप्त परिवारलाई आर्थिक राहतको व्यवस्था गरिएको छ । घाइतेको निःशुल्क औषधि उपचार तथा क्षतिपूर्तिको प्रबन्ध गरिएको छ । यसका अतिरिक्त आन्दोलनका क्रममा जेनजी विद्यार्थी तथा युवायुवतीले अनाहकमा ज्यान गुमाउनुपरेकामा दुःख व्यक्त गर्दै सम्बद्ध दोषीमाथि सख्त कानुनी कारबाही गर्ने वर्तमान सरकार प्रतिबद्ध छ ।”

आगामी छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने अठोटसहित निर्वाचन प्रक्रियामा होमिएको वर्तमान सरकारलाई सहयोग गर्न सबैसँग अनुरोध गर्नुभयो ।

  himalayanvoice.com | ९ आश्विन २०८२, बिहीबार १२:०५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online