ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

झापामा हुलाकी सडक अवरुद्ध

दमक । शनिवारदेखि आएको अविरल वर्षाका कारण झापामा सबैभन्दा बढी प्रभावित बनेको झापा गाउँपालिकास्थित सानोमाई खोलामा बनेको पक्की पुल बाढीले भत्काएको छ ।

हुलाकी सडक खण्डमा रहेको पुल भत्किएको हो । बाढीका कारण हुलाकी सडकका विभिन्न ठाउँमा क्षति गरेको छ । बाढीले पुलको संरचना क्षतिग्रस्त बनाउँदा झापा बजार, मिलनबस्ती र सुगा बथान जोड्ने मुख्य हुलाकी सडक खण्डमा यातायात अवरुद्ध बनेको बताइएको छ ।

झापा बजारबाट पश्चिमपट्टि हुलाकी राजमार्गमा पर्ने उक्त पक्की पुल बाढीको तीव्र बहावका कारण भत्किएको झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।

झापा गाउँपालिकाका खोला आसपासका सबै गाउँबस्ती डुबानमा परेका छन् । आइतवार साँझसम्म नेपाली सेनाको हेलिकप्टरले समेत बाढीमा फसेकाहरुको उद्धार गरेर सुरक्षित स्थलमा ओसारेको थियो । बाढीका कारण यस पालिकाका डुबान क्षेत्रहरुको अवस्था भयावह रहेको नेपाल रेडक्रस सोसाइटी झापाका शाखाका सभापति लोकराज ढकालले बताउनुभएको छ ।

  himalayanvoice.com | २० आश्विन २०८२, सोमबार ०८:५०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online