ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

काठमान्डु गोर्खाजमाथि सुदूरपश्चिम रोयल्सको रोमाञ्चक जित त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै गुमाएर १४७ रन बनाएको थियो । सुदूरका लागि हर्मित सिंहले अर्धशतकीय पारी खेले । उनले २० बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ५३ रनमा आउट भए । कप्तान दीपेन्द्रले ३९ रन बनाए ।

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले रोमाञ्चक जित हासिल गरेको छ ।

बुधबार त्रिवि क्रिकेट रङ्गशालामा सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गरेको हो । सुदूरले दिएको १४८ रनको लक्ष्य पछ्याएको काठमान्डुले १६.४ ओभरमा सबै विकेट गुमाए ११८ रन मात्रै बनाउन सक्यो ।

काठमान्डुका लागि ओपनर आकाश त्रिपाटीले ३४ रन बनाए । भिम सार्की १२, जोन सिम्पसन २४, मिलिन्द कुमार ११ र रासिद खानले ६ रन बनाए ।

सन्तोष यादव एक रनमा आउट भए । उनलाई सुदूरका कप्तान दिपेन्द्र सिंह ऐरीले रन आउट गराए ।

सुदूरपश्चिमका लागि हेमन्त धामी, स्कट कुगेलेइजन र हर्मित सिंहले समान दुई विकेट लिए । इशान पाण्डे, नरेन साउद र अभिनाष बोराले पनि एक विकट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै गुमाएर १४७ रन बनाएको थियो । सुदूरका लागि हर्मित सिंहले अर्धशतकीय पारी खेले । उनले २० बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ५३ रनमा आउट भए । कप्तान दीपेन्द्रले ३९ रन बनाए ।

आरिफ शेखले २५, इशान पाण्डे ११ तथा दुवै ओपनर बिनोद भण्डारी र जोस ब्रोन शून्य रनमा आउट भएका थिए । नरेन साउदले ६ रन र स्कट कुगेलेइजनले एक रनमा आउट भए । काठमान्डुका लागि कप्तान करण केसीले चार, रासिद खान, मिलिन्द कुमार र सन्नी पट्टेलले समान दुई विकेट लिए ।

  himalayanvoice.com | ४ मंसिर २०८२, बुधबार १०:४५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online