ट्रेण्डिङ्ग:
|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

धनकुटामा चियासँग कविता कन्सर्ट

धनकुटा । धनकुटामा चियासँग कविता कन्सर्ट आयोजना गरिएको छ । शुक्रबार धनकुटामा हरेका शुक्रबार हुँदै आएको चियासँग कविता कार्यक्रको ५५औं श्रृङ्खलाको अवसर पारेर कविता कन्सर्ट आयोजना गरिएको हो ।

कविता कन्सर्टमा कविहरु उत्तम तुम्सा लिम्बू र डिआर फुयलले कविता वाचन गर्नुभएको थियो । यस्तै कविसँगै तेजेन्द्र गन्दर्भले सांगितिक प्रस्तुति राख्नुभएको थियो ।

कवि लिम्बू र फूयालले एक÷एक दर्जन कविता वाचन गर्नुभएका थियो । उहाँहरुले समाजमा घटेका विभिन्न घटना र भोगाईलाई कविताको माध्यमबाट प्रस्तुत गर्नुभएको थियो।

धनकुटाको कुरुलेमा जम्नुभएको कवि लिम्बू लामो समयदेखि राजधानी बसेर साहित्य विभिन्न साहित्यिक विधामा कलम चलाउँदै आउनुभएको छ । उहाँका कविताले सङ्गीत र साहित्यको सङ्गमलाई केवल मनोरञ्जन मात्रै थपेन, भावनात्मक सम्बन्धलाई पनि मजबुत बनाएको थियो । कविले प्रेम, पीडा, समाज र जीवनका विविध पाटाहरू कवितामार्फत प्रस्तुत गरेका थिए ।

यस्तै भोजपुरमा जन्मनुभएका गन्दर्भले आधा दर्जन भन्दाबढी गित प्रस्तुत गर्नुभएको थियो । उहाँले सारङ्गिको धुनसँगै विभिन्न परिधि र भोगाईका घटनालाई जोडेर गीत प्रस्तुत गर्नुभएको थियो । गन्दर्भका गित र कविता वाचनसँगै मञ्चको तल्लो भागमा रहेका दर्शक निकै भावुक समेत देखिन्थे ।

कन्सर्टले साहित्य र संगीतलाई एउटै धागोमा गाँस्दै धनकुटामा फरक स्वाद प्रस्तुत समेत प्रस्तुुत गरेको थियो । धनकुटामा साहित्यलाई फर ढंगले अगाडी बढाएर लुकेर रहेका प्रतिभा बाहिर ल्याउन कार्यक्रमको अयोजना गरिएको रेडियो धनकुटा एफ.एम.का अध्यक्ष समेत रहेका कार्यक्रम सञ्चालक गोपाल बराइलीे बताउनुभयो ।

रेडियो धनकुटा एफ.एम. १०६.२ मेगाहर्जको आयोजनामा सम्पन्न चियासँग कन्सर्टमा चियाँसँग कविताको ५५ औँ श्रृंखलामा आयोजना गरिएको हो।

धनकुटामा हरेक हप्ता चियाँसँग कविता नामक साहित्य कार्यक्रम हुँदै आएको छ । त्यसो त कार्यक्रममा आफ्ना रचना सुनाउन र अरूका सिर्जना सुन्न उत्तिकै उत्साहित भएर सहभागि हुने गरेका छन् ।

२०८१ माघ महिनामा केही साहित्यप्रेमीहरूको भेटघाटबाट जन्मिएको यो अवधारणा २०८१ फागुन २ गतेदेखि नियमित रूपमा हरेक शुक्रबार सञ्चालन हुँदै आएको छ ।

सहभागीहरूलाई कविता, गजल, मुक्तक वा गीत प्रस्तुत गर्ने अवसर दिइन्छ । चियासँग कविता कन्सर्ट कार्यक्रममा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले साहित्यले समाज रुपान्तरण गर्ने बताउँदै चियासँग कविता कार्यक्रमले धनकुटासहित देशमा सन्देश प्रवाह गरेको बताउनुभयो ।

उहाँले साहित्यमार्फत् धनकुटा परिवर्तन सकिने बताउँदै सकेको सबै सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । मन्त्री पराजुलीले चियासँग कविता अक्षयकोष नगद रु १० हजार रुपियाँ आर्थिक सहयोग गर्ने समेत प्रतिवद्धता जनाउनुभएको थियो ।

 

  himalayanvoice.com | ४ बैशाख २०८३, शुक्रबार ११:१६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online