ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर

काठमाडौं । सर्वोच्च अदालतले गगन थापा नेतृत्वको विशेष महाधिवेशनले चयन गरेको नेपाली कांग्रेसको नेतृत्वलाई वैधानिकता दिने निर्णय सदर गरेको छ ।

शुक्रबार न्यायाधीश सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको हो।

सर्वोच्चले निवेदक तत्कालीन सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काको रिटलाई खारेज गरेको छ। शुक्रबार रिट निवेदक पक्ष र विपक्षका वकिलहरूले बहस गरेका थिए।

देउवा र खड्काको कार्यसमिति खारेज भएसँगै विशेष महाधिवेशनबाट चुनिएको कार्यसमितिलाई नै सर्वोच्चले आधिकारिकता दिएको हो। बिहीबारदेखि सुरु भएको सुनुवाइ शुक्रबार सकिएको थियो।

गत पुसमा थापा नेतृत्वले गरेको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको थियो।

  himalayanvoice.com | ४ बैशाख २०८३, शुक्रबार १६:५३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online