ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

आगामी निर्वाचनमा सहभागी हुने काँग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै भएको ठहर गर्दै आउँदो निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्नुहुँदै पार्टी प्रवक्ता प्रकासशरण महतले आउँदो माग ११ गते हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ गतेलाई तय भएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको बताउनुभयो ।

प्रवक्ता महतले निर्वाचनमार्फत नै संविधानको रक्षा तथा जेन्जी आन्दोलनका क्रममा उठाइएका आवाजलाई संस्थागत रूपमा अगाडि बढाउन सकिन्छ भन्ने दृढ विश्वास रहेको पनि बताउनुभयो ।

यस्तै बैठकले निर्वाचनका लागि भयरहित वातावरण अपरिहार्य रहेको भन्दै तत्काल शान्ति सुरक्षामा सुधार ल्याउन, सुरक्षाकर्मीको मनोबल उच्च बनाउन तथा आम नागरिकमा भयमुक्त वातावरण सुनिश्चित गर्न सरकारसँग माग समेत गरेको छ ।

प्रवक्ता महतले हाल हजारौँ कैदीबन्दी फरार रहनु, ठूलो परिमाणमा हातहतियार हराउनु, दलहरूले निर्बाध रूपमा कार्यक्रम गर्न नपाउनु जस्ता परिस्थिति अत्यन्त गम्भीर रहेको बताउनुभयो ।

  himalayanvoice.com | ७ मंसिर २०८२, शनिबार १०:२१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online