ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

एनपिएलः विराटनगरको दोस्रो जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । आज भएको दोस्रो खेलमा विराटनगरले काठमाडौँ गोर्खाजलाई पाँच विकेटले पराजित गर्दै जित निकालेको हो । 

काठमाडौँ गोर्खाजले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर भेट्टायो । जसमा जर्ज मुन्सेले सर्वाधिक ३६, नरेन भट्टले २४, लोकेश बमले १४, मार्टिन गुप्टिल २५, बसिर अहमद १९ रनको योगदान दिए । बलिङमा काठमाडौँका शाहव आलमले दुई, करण केसी, गेह्रार्ड एरामस र सन्तोष यादवले एक/एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १३४ रन बनाएको थियो । जसमा आदिल आलमले सर्वाधिक ४८ रनमा अविजित रहे । बेन चाल्सवर्थ ३२, सन्तोष यादवले २६ रन जोडे । विराटनगरका मर्चेन्ट डे लाङले दुई, कप्तान सन्दीप लामिछाने, शुभम् रन्जाने र सूर्य तामाङले एक/एक विकेट हात पारे ।

पहिलो खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो । तेस्रो खेल खेलेको काठमाडौँले भने दोस्रो हार बेहोरेको छ । आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेको काठमाडौँ दोस्रो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो ।

यो जितपछि विराटनगर अङ्क तालिकाको दोस्रो स्थानमा पुगेको छ । काठमाडौँ तेस्रो स्थानमा छ । सुदूरपश्चिम शीर्ष स्थानमा कायमै छ ।

यसअघि आजै भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि नौ विकेटको जित निकालेको थियो ।

  himalayanvoice.com | ७ मंसिर २०८२, शनिबार १०:२८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online