ट्रेण्डिङ्ग:
|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने|बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना|सम्पत्ति छानबिन आयोग: ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा

मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’ मणिराज गौतमको व्यक्तित्वको सबैभन्दा निष्कपट र उच्च दार्शनिक पाटो नै इतिहाँसलाई आँफै मेटिन दिनु हुन्न भन्ने भावना र कर्म हो- "आफ्नो मतलब छैन, उनले अरूको बारेमा चासो राख्छन् र अरूलाई चिनाउन धेरै मेहनत र लगानी गरेर सृजना गरेको कृति हो प्रवाशका फूलहरु।"

डिल्ली अम्माई, एन्टवर्प, बेल्जियम । “यदि देहं पृथक् कृत्य चिति विश्राम्य तिष्ठसि। अधुनैव सुखी शान्तः बन्धमुक्तो भविष्यसि॥” -अष्टावक्र गीता (१:४)

आजको उत्तर-आधुनिक संसारमा मानिसहरू आत्म-प्रशंसा, व्यक्तिगत ‘ब्रान्डिङ’ र अहम् (Ego) को एउटा अन्धो दौडमा कुदिरहेका छन्। जहाँ हरेक व्यक्ति आफ्नै कथा सुनाउन हतारिएको छ, त्यहाँ आफ्नो परिचयलाई पृष्ठभूमिमा राखेर अरूको अस्तित्व, सङ्घर्ष र जीवन-कथालाई क्यानभासमा अमर बनाउन आफ्नो जीवन अर्पण गर्ने विरलै साधकहरू भेटिन्छन्। नेपाली सञ्चार र डायस्पोरा साहित्यको आकाशमा यस्तै एउटा निस्वार्थ, दृढ र अग्निसदृश संकल्पको नाम हो- मणिराज गौतम।

हालै चलचित्र पत्रकार संघ नेपालको युरोप च्याप्टर संयोजकको जिम्मेवारी सम्हाल्दै युरोपको मुटुमा आइपुगेका गौतम स्वयम्‌मा एउटा जीवन्त समाचार, कविता, कथा र सिंगो जीवन दर्शन हुन्। उनी हेटौँडाका रैथाने दार्शनिक रूपचन्द्र विष्टको ‘थाहा अभियान’ जस्तै समाजका आशा हुन् भने छोटो समयमै लोकप्रियताको शिखर चुम्ने आधुनिक ‘अष्टावक्र’ हुन्।

यूरोपका विकसित देशहरू जर्मन, बेल्जियम, स्पेन, फ्रान्स, नेदरल्याण्ड, पोर्चुगल पुग्ने सपना धेरैको हुन्छ, जुन गौतमको पनि बाल्यकालदेखिको तीव्र इच्छा थियो। सन् २०१९ मा बेल्जियम निवासी सहदेव गौतमको सहयोगमा जहाज चढेर बेल्जियम पुग्दा उनले एउटा नयाँ अनुभव सँगाल्ने माहोल पाए। तर, लगभग ५ वर्षपछि चौथो पटक युरोप पुग्दा उनको सोच र सपना फरक भइसकेको थियो। उनि घुम्न मात्र होइन, यहाँका नेपालीका सुख-दुखका शब्द टिप्न लागे।यो महाअभियानको प्रस्थानविन्दु हेटौडाको त्यो एउटा भेटघाट थियो,जतिबेला पत्रकार डिल्ली अम्माईसंग उनले युरोपमा कथा बटुल्ने सुझाव पाएका थिए ।

२०८० आषाढ: इतिहास बनेको किताब, अमर बनेको कर्म:

नेपाली सञ्चार जगत्‌मा पदहरू क्षणभङ्गुर हुन्छन्, तर पदमा रहँदा इतिहासका लागि के छोडियो भन्ने कुराले मात्र नेतृत्वको वास्तविक परीक्षा लिन्छ। नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अध्यक्ष रहँदा मणिराज गौतमले बिसं २०८० सालको आषाढमा एउटा ऐतिहासिक कीर्तिमान खडा गरे। हेटौँडा उपमहानगरपालिकासँगको संस्थागत सहकार्य र ध्रुव अधिकारीको सम्पादन टोलीसँग मिलेर उनले “फिचर सङ्गालो” पुस्तकको प्रकाशन गराए।दैनिक समाचारको हतारो र क्षणभङ्गुर कोलाहलभन्दा माथि उठेर समाजका गहिरा पाटाहरू, मानवीय संवेदना र भुइँतहका आवाजहरूलाई पुस्तकको रूपमा दस्तावेजीकरण गर्नु आफैंमा एउटा दूरदर्शी र प्रेरक कार्य थियो। उक्त पुस्तकको पानामा मुद्रित उनको आधिकारिक “अध्यक्षको भनाइ” ले स्पष्ट पार्छ कि उनले सञ्चारकर्मीहरूको लेखनशैली, शुद्धता र विषयवस्तुमा गहन अध्ययन गर्ने अभ्यास (Research-based Journalism) लाई प्रवर्द्धन गर्न चाहन्थे। उनले अध्यक्षका रूपमा चालेको यो कदमले उनि केवल पद ओगट्ने नेतृत्वकर्ता हैनन् , बरु इतिहास लेख्ने र कर्मलाई संस्थागत गर्ने एक कुशल दूरद्रष्टा हुन् भन्ने कुराको पुष्टि गर्यो। त्यो किताब अहिले इतिहास बनिसकेको छ र उनको त्यो कालजयी कर्म मकवानपुरको सञ्चार इतिहासमा अमर भएको छ।

अर्को मौलिक कृति “प्रवासका फूलहरू”:

मणिराज गौतमको व्यक्तित्वको सबैभन्दा निष्कपट र उच्च दार्शनिक पाटो नै इतिहाँसलाई आँफै मेटिन दिनु हुन्न भन्ने भावना र कर्म हो- “आफ्नो मतलब छैन, उनले अरूको बारेमा चासो राख्छन् र अरूलाई चिनाउन धेरै मेहनत र लगानी गरेर सृजना गरेको कृति हो प्रवाशका फूलहरु।” लेखक स्वयम्‌ले पुस्तकको भूमिकामै स्पष्ट र इमानदार स्वीकारोक्ति गरेका छन् कि उनको युरोप यात्रा केवल घुमफिरका लागि थिएन। उनले युरोपियन भूमिमा गुडिरहँदा एउटै महान् उद्देश्य राखेका थिए एउटा छुट्टै पाराको किताव लेख्ने। पराई भूमिमा सङ्घर्ष गरिरहेका नेपालीहरूको कथा संकलन गर्नु र प्रकाशित गर्नु आँफैमा महत्वपूर्ण कर्म हो। उनलाई त्यसको बोध भयो र लेखे तर लेखिने पात्रहरुले त्यसको बोध गरे वा गरेनन् त्यसको सोध हुन बाँकी नै छ।

बेल्जियम व्यवसायी संघका निवर्तमान महासचिव मदन दवाडीको सङ्घर्षको कथाबाट सुरु भएको यो महाअभियानले बर्लिन (जर्मनी), लक्जेमबर्ग, पोर्चुगल, नेदरल्याण्ड्स, डेनमार्क, र फ्रान्ससम्मका करिब डेढ दर्जन नेपाली व्यवसायी र ४० जना नेपालीका दुःख-सुखलाई समेट्यो। ४० दिनको त्यो कठिन स्थलगत अध्ययन (Fieldwork) र नेपाल फर्केपछि महासंघको अध्यक्षका रूपमा निर्वाह गर्नुपर्ने कडा सांगठनिक कार्यव्यस्तताका बीच करिब एक वर्षको अथक सङ्घर्षपछि यो अमूल्य कृति जन्मिएको हो। अघि नै भनियो,यसमा धेरै दुख छ तर उनले त्यो भन्न र देखाउन चाहन्नन्।

पुस्तकको पाना १३ र १४ को अनुक्रमणिका र अन्तर्वार्ताक्रममा मुद्रित रामप्रताप थापा, डिल्ली अम्माई, दिनेशकुमार गिरी, गोविन्द भट्ट, विनोद बानियाँ, चिरन कुमार खवास, दील गुरुङ, सीता सापकोटा, सुमी घिमिरे, रहिम दीम मियाँ, ध्रुव घिमिरे, गोपाल दाहाल, काशी दनै, लोक दाहाल, महेन्द्र महत, नारायण गुरुङ, रिजन चौलागाईं, सुवास जोशी, सुरेन्द्र अधिकारी, हरिबहादुर खत्री, प्रकाशराज गिरी, याम निरौला, तेज नेपाली, राजु घिमिरे, बलराम पुन, राजेश कार्की, अनुष्का काप्री, बालचन्द्र भट्टराई, चन्द्रबहादुर थापा, हरि भट्टराई, जीत बहादुर थापा, किसान केसी, कुमार शाही, मदन दवाडी, नारायण आचार्य, सुरेन्द्र काप्री, सागर न्यौपाने, निर्मल अर्याल, र नरेश सापकोटा जस्ता दर्जनौँ प्रवासी नेपाली पात्रहरूको विचार र सङ्घर्षलाई उहाँले यस खण्डमा समेटिएको छ।

गौतमले यस पुस्तकमा आफ्नो आत्मवृत्तान्त वा व्यक्तिगत महत्ता लेख्न सक्थे, तर उनले आफ्नो किताबका पाना-पानाहरू पराई भूमिमा रगत र पसिना बगाउँदै, सङ्घर्ष गर्दै र आफ्नो पहिचान खोज्दै गरेका जीवन्त नेपालीहरूका कथाहरूलाई समर्पित गरे। कतिपयले सुरुमा विश्वास नगरेको वा समय दिन नसकेको कुरालाई पनि उनले कुनै इगो वा गुनासो नराखी बडो उदारताका साथ आगामी संस्करणमा समेट्ने वाचा गरेका छन्। उनीहरूका कथा र अन्तर्वार्तालाई अमर बनाएर उनले डायस्पोरा साहित्यमा एउटा ‘अर्को ज्योति’ छरेका छन्। मदन पुरस्कार विजेता डा. नवराज लम्सालले यस पुस्तकलाई “पत्रकारिताको वृक्षमा लेखन फुलेको डाली” भनी गहिरो साहित्यिक उपमा दिएका छन्।

घामलाई राज्यका सिमानाले रोक्छ र? त्यस्तै हुन् अनेसास पोर्तुगलका महासचिव मणी ! कस्तो सुन्दर र अभूतपूर्व भू–सांस्कृतिक संयोग! हिजो हेटौँडाको माटोमा “फिचर सङ्गालो” प्रकाशित गरे ! हजारौँ वृत,आलेख,अन्यायका कथा,सांस्कृतिक समाचार र ब्रेकिङ्ग न्युज मार्फत कसैलाई कानुनको कठघरामा ल्याउने,ठगको सपना भंग गरिदिने र अरूको कथा अमर बनाउने तिनै पत्रकार मणिराज गौतम आज युरोपको आकाशमा उभिएर ‘मायालु मान्छे’ (Soft Power)को कथा प्रकाशित गरेका छन्। अर्को तर्फ अनेसासको प्रबक्ता बनेर सांस्कृतिक कूटनीतिलाई अन्तर्राष्ट्रिय मञ्चमा ओजन दिइरहेका छन्।

जसरी भौगोलिक वा राजनीतिक नक्साले घामको प्रकाशलाई सिमानामा रोक्न सक्दैन, त्यसरी नै मणिराज गौतमको सिर्जनात्मक र सांस्कृतिक प्रवर्द्धनको ऊर्जालाई भूगोलले बाँध्न सक्दैन। उनी घाम जस्तै हुन् ;कहिले नेपालको चुरे त कहिले युरोपको अन्तहीन समुन्द्रको निलो आभाभित्र चमक चुमुक चम्किरहने। उनि जहाँ पुग्छन बाटो उज्यालो बनाउदै पुग्छन,स्र्जनाको ढोका खुल्दै जान्छ । संगतबाट थाह हुन्छ;उनी समाजमा राम जत्तिकै प्रिय र पिपलको चौतारी जत्तिकै शीतल छन्। माया र सम्मान गर्नेलाई मुटुको कुनाबाट सम्मान फर्काउन जानेका गौतम इगो (अहंकार) बोकेर हिँड्दैनन्। तर, जहाँ सत्य र निष्ठा समाप्त हुन्छ, त्यहाँ उनी अट्टाहास गर्दैनन्, बरु ‘लुसुक्क आफ्नो पवित्र बाटोतिर लाग्छन्। उनले जीवनमा भौतिक सम्पत्ति होइन, नेपालीहरूको माया, प्रेम, भरोसा, ज्ञान र सेवाभाव कमाइसकेका छन्- जुन संसारको कुनै पनि बैंकमा अट्न सक्दैन। हिजो हेटौँडाबाट सुरु भएको उनको कर्मको यात्रा आज अन्तर्राष्ट्रिय मञ्चमा एउटा जीवन्त दर्शन र डायस्पोराको गौरव बनेर फैलिरहेको छ। लाग्छ,उनि भित्रको उज्यालो यसरि नै चम्किरहने छ !

  himalayanvoice.com | २२ जेष्ठ २०८३, शुक्रबार ११:१५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online