ट्रेण्डिङ्ग:
|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने|बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना|सम्पत्ति छानबिन आयोग: ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा

इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा

इस्तानबुल । दक्षिणपूर्वी टर्कीको प्रहरीले इरानको सीमा नजिकै एउटा ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासीलाई सुरक्षा नियन्त्रणमा लिएको छ। 

बुधबार एक्समा पोस्ट गरिएको भिडियोमा अधिकारीहरूले पूर्वी बिटलिस प्रान्तको सडकमा ट्याङ्करको माथि रहेको खुला ठाउँबाट धेरै मानिसलाई बाहिर निकालेको देखाइएको छ।

“उनीहरूलाई मानव बेचबिखनका लागि ट्याङ्करमा राख्न लागेको आशङ्कामा संलग्न एक व्यक्तिलाई पक्राउ गरिएको छ” भिडियो थप विवरण दिइएको छैन तर ३० जना आप्रवासीलाई उनीहरूको देशमा नै सुपुर्दगी गरिने उल्लेख छ । घटनाबारे स्पष्ट जानकारी दिन एएफपीले सम्पर्क गर्दा प्रहरीले थप टिप्पणी गर्न अस्वीकार गरेको छ।

इरानको सीमाबाट करिब ३०० किलोमिटर टाढा रहेको यस प्रान्तमा अवैध आप्रवासीहरू नियमित रूपमा ट्रकभित्र लुकेर बाहिरिने गरेको बताउने गरिएको छ। टर्कीएले आप्रवासी (अधिकांश अफगानी) लाई प्रवेश गर्नबाट रोक्न सन् २०२१ मा इरानी सीमामा पर्खाल निर्माण गर्न सुरु गरेको थियो । उक्त क्षेत्रमा हालसम्म करिब २५० वटा निगरानी टावरसहित करिब ३८० किलोमिटर कङ्क्रिट ब्यारियर र ५५३ किलोमिटर ट्रेन्च निर्माण भइसकेको छ ।

  himalayanvoice.com | २२ जेष्ठ २०८३, शुक्रबार १०:३८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online