ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

एनपिएल : काठमान्डुको दोस्रो जित, लुम्बिनी २२ रनले पराजित दोस्रो खेलमा भने लुम्बिनी कर्णाली याक्ससँग नौ विकेटले स्तब्ध बनेको थियो । एनपिएलमा बुधबार डे-नाइट खेलमा विराटनगर किङ्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुनेछ ।

काठमाडौँ । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा दोस्रो जित निकालेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले हरायो ।

जितका लागि एक सय ५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३५ रनमा समेटिएको थियो ।

लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक २७ रन बनाउनुभयो । दीलिप नाथले २५ रन बनाउनुभयो । यस्तै डी’आर्की सटले २२, कप्तान रोहित पौडेल र गुलवदिन नैबले ११/११ रन बनाउनुभयो ।

बलिङमा काठमान्डुका मिलन्ड कुमार र जेराल्ड इरासमसले दुई दुई तथा शाहब आलम, सन्तोष यादव, कप्तान करण केसी र रसिद खानले एक एक विकेट लिनुभयो ।

करण केसी प्लेयर अफ दि म्याच हुनुभयो । यसअघि टस हारेर पहिले याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५७ रन बनाएको थियो ।

काठमान्डुका लागि कप्तान करण केसीले सर्वाधिक अविजित ३४ रन बनाउनुभयो । यस्तै आकाश त्रिपाठीले ३२, सन्तोष यादवले २६, मिलिन्ड कुमार र जेराल्ड इरसमसले समान १७/१७ तथा रसिद खानले १४ बनाउनुभयो ।

बलिङमा लुम्बिनीका शेर मल्ल, कप्तान रोहित पौडेल, रुवेन ट्रम्पलम्यान र गुलवदिन नैबले दुई दुई विकेट लिनुभयो । दोस्रो जितसँगै काठमान्डुले प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ । काठमान्डुले चार खेलबाट चार नै अङ्क बनाएको छ ।

काठमान्डुले यसअघि उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्लाई पाँच विकेटले हराएको थियो । त्यसपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग पराजित भएको थियो ।

यस्तै तीन खेलमा यो दोस्रो हार खेपेको लुम्बिनीको दुई अङ्क छ । लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराएको थियो ।

दोस्रो खेलमा भने लुम्बिनी कर्णाली याक्ससँग नौ विकेटले स्तब्ध बनेको थियो । एनपिएलमा बुधबार डे-नाइट खेलमा विराटनगर किङ्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुनेछ ।

  himalayanvoice.com | १० मंसिर २०८२, मंगलवार ११:५२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online