ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

एनपिएल : जनकपुरलाई हराउँदै पोखराको पहिलो जित एनपिएलअन्तर्गत शुक्रबार चितवन राइनोज र काठमान्डु गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्सबिच प्रतिस्पर्धा हुनेछ ।

काठमाडौँ । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा बिहीबार साँझ भएको खेला पोखरा एभेन्जर्सले साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले हरायो ।

तेस्रो खेलमा आएर पहिलो जित निकालेको पोखराले दुई अङ्क बनाएको छ । लगातार तेस्रो हार खेपेको जनकपुरले अङ्क तालिकामा खाता खोल्न सकेको छैन ।

जितका लागि एक सय ५६ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३० रनमा समेटियो ।

जनकपुरका लागि वेन पार्नेलले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टरेन । उहाँले ३८ बलमा दुई चौका र चार छक्काको सहयोगमा ५० रन बनाउनुभयो । यस्तै सन्जय कृष्णमूर्तिले २५ र ओपनर माज सदाकतले २० रन बनाउनुभयो ।

जनकपुरलाई स्तब्ध बनाउन बलिङमा पोखराका विपिन खत्रीले चार विकेट लिनुभयो । उहाँले विकेट लिने क्रममा चार ओभरमा १५ रन खर्चिनुभयो । यस्तै सुमीत वर्माले दुई तथा कप्तान कुशल भुर्तेल र जिमी निसमले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५५ रन बनाएको थियो ।

पोखराका लागि सुमीत वर्माले सर्वाधिक अविजित ५० रन बनाउनुभयो । उहाँले २९ बलमा दुई चौका र चार छक्काको सहयोगमा अर्धशतक बनाउनुभएको हो ।

अलराउन्ड प्रदर्शन गर्नुभएका सुमीत प्लेयर अफ दि म्याच बन्नुभयो । यस्तै ओपनर दिनेश खरेलले ३८, त्रित राज दासले २९ र एडम रोसिङ्टनले २४ रन बनाउनुभयो ।

बलिङमा जनकपुरका सन्जय कृष्णमूर्तिले तीन विकेट लिनुभयो । अनिल शाह र ललित राजवंशीले एक एक विकेट लिनुभयो ।

एनपिएलअन्तर्गत शुक्रबार चितवन राइनोज र काठमान्डु गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्सबिच प्रतिस्पर्धा हुनेछ ।

  himalayanvoice.com | १२ मंसिर २०८२, बिहीबार १२:२४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online