ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

नेपाल प्रिमियर लिग: कर्णालीविरुद्ध विराटनगर तीन विकेटले विजयी दोस्रो स्थानमा रहेको विराटनगरले यो जितसँगै पाँच खेलमा ८ अंक जोडेको छ। पाँच खेल खेल्दा एउटा खेल गुमाएको विराटनगर दोस्रो स्थानमा कायम छ। अपराजित सुदूरपश्चिम चार खेल खेल्दा आठ अंकसहित शीर्ष स्थानमा छ। चार खेलमा एक मात्र जित निकालेको कर्णाली भने दुई अंकसहित पाँचौं स्थानमा छ।  

काठमडौँ ।  नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले सनसनीपूर्ण जित निकालेको छ। बसिर अहमेदको अर्धशतकमा विराटनगरले कर्णालीविरुद्ध सनसनीपूर्ण जित निकालेको हो। बसिरले ४३ बलको सामना गर्दा तीन चौका र तीन छक्काको मद्दतमा नटआउट ६२ रन बनाउनुभएको हो।

कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध दिएको  १६१ रनको लक्ष्य विराटनगरले एक बल बाँकी हुँदा ७ विकेटको क्षतिमा १६३ रन बनाउँदै पूरा गरेको हो। दुई बलमा चार रन आवश्यक परेको अवस्थामा बसिरले छक्का प्रहार गर्दै लक्ष्य पूरा गर्नुभएको हो।

विराटनगरको जितमा नारायण जोशीले २५ रन जोड्नुभयो भने साम हेजलेटले १६ रन बनाउँदा साहिल पटेल १९ रन जाड्नुभयो। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सक्नु भएन।

कर्णालीका लागि सोमपाल कामी, गुल्सन झाले दुईदुई विकेट, पवन सरार्फ नन्दन यादव र विलियम बसिस्टोले समान एकएक विकेट लिए पनि त्यो कर्णालीका लागि पर्याप्त भएन।

टस जितेर सरुमा ब्याटिङ गरेको कर्णालीले पूरै २० ओभर खेल्दै तीन विकेटको क्षतिमा १६० रन बनाएको थियो।

कर्णालीका लागि प्रियाक पञ्चालले अर्धशतक बनाउनुभएको थियो। ४७ बलको सामना गर्दा ६ चौका र दुई छक्काको मद्दतमा उहाँले ६३ रन बनाउनुभएको हो। विलियम बसिस्टो अर्धशतक बनाउन दुई रनले चुक्नुभयो। उहाँले ४८ बलमा ४८ रन बनाउनुभएको हो। गुल्सन झाले १० बलको सामना गर्दा दुई चौका र एक छक्काको मद्दतमा २० रन जोड्नुभएको थियो।

कर्णालीलाई सस्तैमा समेट्न विराटनगरका लागि मर्चेन्ट डी लेङगा र सन्दीप लामिछानेले एकएक विकेट हात पर्नुभयो।

दोस्रो स्थानमा रहेको विराटनगरले यो जितसँगै पाँच खेलमा ८ अंक जोडेको छ। पाँच खेल खेल्दा एउटा खेल गुमाएको विराटनगर दोस्रो स्थानमा कायम छ। अपराजित सुदूरपश्चिम चार खेल खेल्दा आठ अंकसहित शीर्ष स्थानमा छ। चार खेलमा एक मात्र जित निकालेको कर्णाली भने दुई अंकसहित पाँचौं स्थानमा छ।

  himalayanvoice.com | १३ मंसिर २०८२, शुक्रबार ११:५४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online