ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

एनपिएलः  कर्णाली याक्सविरुद्ध काठमाडौँको जित जारी प्रतियोगितामा पाँच खेलमा दुई जित हात पारेको छ भने कर्णालीले चार खेलमा एक खेल मात्रै जितेको छ। कर्णालीले पछिल्लो दुई खेलमा हार ब्यहोर्दा काठमान्डुले दुवै खेलमा जित हासिल गरेको थियो ।

काठमाडौँ । काठमाडौँ । कर्णाली याक्समाथि सहज जित निकाल्दै काठमान्डु गोर्खाजले जारी एनपिएलमा चौथो जित दर्ता गरेको छ । खेलमा काठमान्डु ५ विकेटले विजयी भएको हो ।

जितसँगै ६ खेलबाट चौथो जित निकालेको काठमान्डुले ८ अंक जोडेको छ। यता, पाँच खेलमा ४ हार बेहोरेको कर्णालीको प्लेअफको सम्भावना सकिएको छ ।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

काठमान्डुको जितमा गेरहार्ड इरास्मसले ४४ रन बनाउँदा जोन सिम्पसनले ४१ रन बनाएर आउट भए । यस्तै, ओपनर बेन चाल्र्सवर्थले ३४ रन बनाए । मिलिन्द्र कुमार १५, तथा ओपनर आकाश त्रिपाठीले ८ रन बनाए ।

यता, कर्णालीको लागि नन्दन यादले सर्वाधिक ३ र पवन शराफले एक विकेट हात पारे । त्यसअघि त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

कर्णालीको लागि अल राउन्डर गुलसन झाले सर्वाधिक ४९ रन बनाए ।

यस्तै, पवन शराफले ३५, ओपनर मार्क वार्डले ३० रन बनाउँदा दिपक डुम्रेले १० रन बनाए ।  काठमान्डुका लागि रासिद खानले दुई विकेट लिए। सन्तोष यादव, मिलिन्द कुमार र कप्तान करण केसीले समान एक विकेट लिए । जारी प्रतियोगितामा पाँच खेलमा दुई जित हात पारेको छ भने कर्णालीले चार खेलमा एक खेल मात्रै जितेको छ। कर्णालीले पछिल्लो दुई खेलमा हार ब्यहोर्दा काठमान्डुले दुवै खेलमा जित हासिल गरेको थियो ।

  himalayanvoice.com | १५ मंसिर २०८२, आईतवार ११:५२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online