ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

एनपिएलः  कर्णाली याक्सविरुद्ध काठमाडौँको जित जारी प्रतियोगितामा पाँच खेलमा दुई जित हात पारेको छ भने कर्णालीले चार खेलमा एक खेल मात्रै जितेको छ। कर्णालीले पछिल्लो दुई खेलमा हार ब्यहोर्दा काठमान्डुले दुवै खेलमा जित हासिल गरेको थियो ।

काठमाडौँ । काठमाडौँ । कर्णाली याक्समाथि सहज जित निकाल्दै काठमान्डु गोर्खाजले जारी एनपिएलमा चौथो जित दर्ता गरेको छ । खेलमा काठमान्डु ५ विकेटले विजयी भएको हो ।

जितसँगै ६ खेलबाट चौथो जित निकालेको काठमान्डुले ८ अंक जोडेको छ। यता, पाँच खेलमा ४ हार बेहोरेको कर्णालीको प्लेअफको सम्भावना सकिएको छ ।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

काठमान्डुको जितमा गेरहार्ड इरास्मसले ४४ रन बनाउँदा जोन सिम्पसनले ४१ रन बनाएर आउट भए । यस्तै, ओपनर बेन चाल्र्सवर्थले ३४ रन बनाए । मिलिन्द्र कुमार १५, तथा ओपनर आकाश त्रिपाठीले ८ रन बनाए ।

यता, कर्णालीको लागि नन्दन यादले सर्वाधिक ३ र पवन शराफले एक विकेट हात पारे । त्यसअघि त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

कर्णालीको लागि अल राउन्डर गुलसन झाले सर्वाधिक ४९ रन बनाए ।

यस्तै, पवन शराफले ३५, ओपनर मार्क वार्डले ३० रन बनाउँदा दिपक डुम्रेले १० रन बनाए ।  काठमान्डुका लागि रासिद खानले दुई विकेट लिए। सन्तोष यादव, मिलिन्द कुमार र कप्तान करण केसीले समान एक विकेट लिए । जारी प्रतियोगितामा पाँच खेलमा दुई जित हात पारेको छ भने कर्णालीले चार खेलमा एक खेल मात्रै जितेको छ। कर्णालीले पछिल्लो दुई खेलमा हार ब्यहोर्दा काठमान्डुले दुवै खेलमा जित हासिल गरेको थियो ।

  himalayanvoice.com | १५ मंसिर २०८२, आईतवार ११:५२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online