ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

एसिसी यु–१९ प्रिमियर कपः उपाधिका लागि नेपाल र युएईबिच प्रतिस्पर्धा सेमिफाइनलमा पराजित हुने टोलीबिच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ। तेस्रो स्थानका लागि सोमबार मलेसिया र ओमान खेल्ने छन्। प्रतियोगितामा १४ टोलीको सहभागिता थियो। यु१९ एसिया कप आगामी डिसेम्बरमा युएईमा हुँदैछ। 

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक युएईबिच प्रतिस्पर्धा हुने भएको छ। उपाधिका लागि सोमबार बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा खेल हुने छ।

नेपालले मलेसियालाई नौ विकेटले हराएर उपाधि नजिक पुगेको हो। युएईले भने ओमानलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। नेपाल र युएई  एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन्। प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधैँ एसिया कपमा छनोट हुने प्रावधान छ।

सेमिफाइनलमा पराजित हुने टोलीबिच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ। तेस्रो स्थानका लागि सोमबार मलेसिया र ओमान खेल्ने छन्। प्रतियोगितामा १४ टोलीको सहभागिता थियो। यु१९ एसिया कप आगामी डिसेम्बरमा युएईमा हुँदैछ।

  himalayanvoice.com | १५ मंसिर २०८२, आईतवार ११:५७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online