ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

एनपिएलः पोखरा ३४ रनले विजयी ६ खेल खेलिसकेको कर्णाली भने दुई अंकमा सीमित छ। यो हारसँगै कर्णाली तालिकाको सातौं स्थानमा झरेको छ ।  उसको प्लेअफ पुग्ने सम्भावना पनि समाप्त भएको छ ।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मङ्गलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ३४ रनले हराएको छ। पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभरको समाप्तिमा १६७ रन बनाउँदा अलआउट भएको हो। 

कर्णालीका लागि मार्क वाटले अर्धशतक बनाउनुभयो। ३४ बलको सामना गर्दा पाँच छक्का र चार चौका प्रहार गर्नुहुँदै ५९ रन बनाउनुभयो। नजिबुल्लाह जद्रान २४, पवन सरार्फ १९, प्रियाङ्क पञ्चाल १६, कप्तान सोमपाल कामी १३ र गुल्सन झा १० रनमा आउट हुनुभयो। अन्य कुनै पनि ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

कर्णालीलाई सस्तैमा समेट्न पोखराका लागि धनन्जय लक्षन र ऋषि धवनले तीनतीन विकेट हात पार्दा किरण ठगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेलले एकएक विकेट हात पार्नुभयो।

टस जितेर कर्णालीले सुरुमा फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेल्दै दुई विकेटको क्षतिमा २०१ रन बनाएको थियो। उसका लागि एडम म्याथ्यू रोसिङ्टनले शतक प्रहार गर्नुभयो।  रोसिङ्टनले नटआउट ५८ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै १०८ रन बनाउनुभएको हो।

पोखराका लागि जेसन रोयले ४६ रन जोड्दा धनन्जय लक्षनले नटआउट २३ रन थप्नुभयो। ओपनिङमा आउनुभएका पोखराका कप्तान कुशल भुर्तेल १७ बलको सामना गर्दा १८ रन बनाउँदै आउट हुनभएको थियो।

कर्णालीका लागि नन्दन यादव र मार्क वाटले एकएक विकेट हात पर्नुभयो।

यो जितसँगै पोखराले पाँच खेलमा चार अंक जोडेको छ। पोखरा प्लेअफको सम्भावना जीवित राख्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

६ खेल खेलिसकेको कर्णाली भने दुई अंकमा सीमित छ। यो हारसँगै कर्णाली तालिकाको सातौं स्थानमा झरेको छ ।  उसको प्लेअफ पुग्ने सम्भावना पनि समाप्त भएको छ ।

एनपिएलमा बुधबार विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्दैछन् । यो खेल बुधबार अपरान्न ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

  himalayanvoice.com | १७ मंसिर २०८२, मंगलवार १२:०१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online