ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

एनपिएलः पोखरा ३४ रनले विजयी ६ खेल खेलिसकेको कर्णाली भने दुई अंकमा सीमित छ। यो हारसँगै कर्णाली तालिकाको सातौं स्थानमा झरेको छ ।  उसको प्लेअफ पुग्ने सम्भावना पनि समाप्त भएको छ ।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मङ्गलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ३४ रनले हराएको छ। पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभरको समाप्तिमा १६७ रन बनाउँदा अलआउट भएको हो। 

कर्णालीका लागि मार्क वाटले अर्धशतक बनाउनुभयो। ३४ बलको सामना गर्दा पाँच छक्का र चार चौका प्रहार गर्नुहुँदै ५९ रन बनाउनुभयो। नजिबुल्लाह जद्रान २४, पवन सरार्फ १९, प्रियाङ्क पञ्चाल १६, कप्तान सोमपाल कामी १३ र गुल्सन झा १० रनमा आउट हुनुभयो। अन्य कुनै पनि ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

कर्णालीलाई सस्तैमा समेट्न पोखराका लागि धनन्जय लक्षन र ऋषि धवनले तीनतीन विकेट हात पार्दा किरण ठगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेलले एकएक विकेट हात पार्नुभयो।

टस जितेर कर्णालीले सुरुमा फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेल्दै दुई विकेटको क्षतिमा २०१ रन बनाएको थियो। उसका लागि एडम म्याथ्यू रोसिङ्टनले शतक प्रहार गर्नुभयो।  रोसिङ्टनले नटआउट ५८ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै १०८ रन बनाउनुभएको हो।

पोखराका लागि जेसन रोयले ४६ रन जोड्दा धनन्जय लक्षनले नटआउट २३ रन थप्नुभयो। ओपनिङमा आउनुभएका पोखराका कप्तान कुशल भुर्तेल १७ बलको सामना गर्दा १८ रन बनाउँदै आउट हुनभएको थियो।

कर्णालीका लागि नन्दन यादव र मार्क वाटले एकएक विकेट हात पर्नुभयो।

यो जितसँगै पोखराले पाँच खेलमा चार अंक जोडेको छ। पोखरा प्लेअफको सम्भावना जीवित राख्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

६ खेल खेलिसकेको कर्णाली भने दुई अंकमा सीमित छ। यो हारसँगै कर्णाली तालिकाको सातौं स्थानमा झरेको छ ।  उसको प्लेअफ पुग्ने सम्भावना पनि समाप्त भएको छ ।

एनपिएलमा बुधबार विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्दैछन् । यो खेल बुधबार अपरान्न ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

  himalayanvoice.com | १७ मंसिर २०८२, मंगलवार १२:०१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online