ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

प्रियासनको १३ औँ कृति ‘नयाँ लुगा’ सार्वजनिक

दाङ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव तथा उपन्यासकार सविन प्रियासनको १३ औँ कृति  ‘नयाँ लुगा’ को बिहीबार घोराहीमा विमोचन गरिएको छ। राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा परिषद्का पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनालले उपन्यासको विमोचन गर्नुभयो।

उपन्यास विमोचन गर्दै खनालले प्रियासनको सिर्जनशीलता, सोच र लगानी प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। उहाँले उपन्यास लेखनमा निरन्तरता आवश्यक भएको र हिजोभन्दा आज, आजभन्दा भोलि फरक सोच र शैली प्रयोग गर्दै समाजलाई चेतना दिने किसिमका कृतिहरू जन्मिनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार उपन्यासमा केवल प्रेम कथा मात्र होइन, दर्शन, व्यवहार र शिक्षालाई अझ जोडन सके समाजलाई सकारात्मक दिशा दिन सकिन्छ।

त्यस्तै, उपन्यासकार सविन प्रियासनले ‘नयाँ लुगा’ एक बाल उपन्यास भएको स्पष्ट गर्दै उपन्यासमा बालबालिकाका गतिविधि, उनीहरूका व्यवहार र कल्पनामा आधारित कथाहरूलाई जोड दिइएको बताउनुभयो। उहाँका अनुसार उपन्यासमा समावेश विषयवस्तुले देश कस्तो बनाउनु पर्छ भन्ने दृष्टिकोण प्रस्तुत गर्छ र आत्मनिर्भर अर्थतन्त्र विकास नभएसम्म राष्ट्रले अग्रगति को बाटो लिन नसक्ने सन्देश दिन खोजिएको छ।

राप्ती साहित्य परिषद्, दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती साहित्य परिषद्का पदमप्रसाद शर्मा र नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डा. सुदीप गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। शुरेश कुमार पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन परिषद्का सचिव घनश्याम केसीले गर्नुभएको थियो।

यसैबीच कार्यक्रममा २० वर्षकै उमेरमा विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएकी रक्षाकुमारी यादव र घोराही –१०, नारायणपुरस्थित सिद्धरत्ननाथ माविबाट प्लस टू अध्ययनपछि एमबिबिएसमा पूर्ण छात्रवृत्ति हासिल गर्न सफल रोशनी घर्ती मगरलाई अभिनन्दन गरिएको छ ।

  himalayanvoice.com | १९ मंसिर २०८२, बिहीबार १२:३३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online