ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

एनपिएल : चितवनमाथि पोखराको सहज जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले चितवन राइनोजमाथि आठ विकेटको सहज जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा शनिबार साँझ भएको लिग चरणको आफ्नो अन्तिम खेलमा जितका लागि एक सय २१ रनको समान्य लक्ष्य पोखराले १९.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

पोखराका लागि एडम रोसिंगटनले सर्वाधिक ६५ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । एडम प्लेयर अफ दि म्याच हुनुभयो । यस्तै अर्जुन कुमालले अविजित ४३ रन बनाउनुभयो । बलिङमा चितवनका रिजन ढकाल र सैफ जइबले एक एक विकेट लिनुभयो ।

यसअघि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २० रन बनाएको थियो । चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाउनुभयो । यस्तै अल्पेश रामजनीले ३३, कुशल मल्लले २३ र सैफ जइफले १७ रन बनाउनुभयो ।

बलिङमा पोखराका धनन्जय लक्ष्मणले तीन तथा विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एक एक विकेट लिनुभयो । चितवन र पोखरा दुवै समूह चरणबाट बाहिरिसकेका छन् । ६ अङ्क बनाएको पोखरा पाँचौँ स्थानमा रह्यो । यस्तै चार अङ्क बनाएको चितवन छैटौँ स्थानमा छ ।

  himalayanvoice.com | २१ मंसिर २०८२, शनिबार १२:५०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online