ट्रेण्डिङ्ग:
|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते

डाएस्पोराका नेता आनन्द विष्ट डोटीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस पहिलो नम्बरमा नाम सिफारिस भएका डोटीको जोरायल गाउँपालिका ५ गडसेरामा जन्मिएका विष्ट जनसम्पर्क समिति अमेरिकाका सभापति हुन् । बिष्टले नेपाली काँग्रेस डोटीले प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्ष तर्फ आफ्नो नाम सिफारिस गरेकोमा धन्यवाद दिए ।

न्युयोर्क । ‎नेपाली डाएस्पोराको मुद्धालाई मातृभूमि नेपालसंग जोड्दै आएका अभियन्ता आनन्द विष्टलाई नेपाली कांग्रेस डोटीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारको रुपमा अघि सारेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस डोटीले १७ जनाको नाम सिफारिस गर्ने क्रममा गैर आवासिय नेपाली अभियन्ता आनन्द विष्टको नाम पहिलो नम्बरमा राखेको हो । नेपाली कांग्रेस जिल्ला कार्य समिति डोटीको मंसिर २४ र २५ गते बसेको बैठकले १७ जनाको नाम सिफारिस गरेको हो।

पहिलो नम्बरमा नाम सिफारिस भएका डोटीको जोरायल गाउँपालिका ५ गडसेरामा जन्मिएका विष्ट जनसम्पर्क समिति अमेरिकाका सभापति हुन् । बिष्टले नेपाली काँग्रेस डोटीले प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्ष तर्फ आफ्नो नाम सिफारिस गरेकोमा धन्यवाद दिए ।

सिफारिस हुनेहरूमा गोरख बहादुर बिष्ट (आनन्द), जितेन्द्र बिक्रम शाही, टेकराज ओझा, नरेन्द्र बहादुर सिंह, पदमराज जोशी, पुष्प कुमार शाही, प्रदिप कुमार देउवा, वीरबहादुर बलायर, भक्त बहादुर बलायर, भक्त बहादुर मल्ल, भक्तराज जोशी, भरत बहादुर खड्का, राम बहादुर रोकाया, ललित बहादुर बलायर, लक्ष्मीराज पाठक, हर्क बहादुर देउवा र श्यामराज ओझा रहेका छन् ।

त्यसैगरी समानुपातिक तर्फ ७ जनाको नाम सिफारिस भएको छ । जसमा दुर्गा शर्मा, पार्वती चन्द, प्रतिमा शाह (शाही), प्रसिस महरा, रहेका छन् भने अल्पसंख्यक कोटाबाट हिक्मत सिंह चोपडा, पिछडिएको क्षेत्रबाट माया देवी कुँवर र दलित आरक्षणबाट लाल बहादुर विकको नाम सिफारिस गरिएको छ ।

उता ‎राष्ट्रियसभा सदस्यका लागि दिपक कुमार बिष्ट र यज्ञराज पाठक गरी दुईजनाको नाम सिफारिस गरिएको छ।

  himalayanvoice.com | २८ मंसिर २०८२, शनिबार १२:३०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online