ट्रेण्डिङ्ग:
|धार्मिक नेताहरूले लेन्ट र रमजानको समयमा आइस हिरासत केन्द्रहरूमा पहुँचको लागि जोड दिन्छन्|यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|जाजरकोटमा नेपाली कांग्रेसका खडगबहादुर बुढा विजयी|मतगणनामा रास्वपाको दबदबा, १०० क्षेत्रमा जित; २५ स्थानमा अग्रता|झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’|रौतहट २ मा नेपाली कांग्रेसका मो. फिरदोश आलम निर्वाचित|झापा–५ बाट बालेन्द्र साह भारि मतले निर्वाचित, झापाका ओलीको बधाई|यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|झापा ५ मा रास्वपा वरिष्ठ नेता शाहको अग्रता उच्च|प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अगाडि

लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते

बेरुत । लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएको  लेबनानको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ।

विज्ञप्ति जारी गर्दै मन्त्रालयको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले बेरुतको दक्षिणी उपनगरमा २० जनाको मृत्यु हुनुका साथै ९१ जना घाइते भएको सोमबार जनाएको छ। यसै गरी दक्षिणी लेबनानमा भएको आक्रमणमा ११ जनाको मृत्यु  भएको र ५८ जना घाइते भएको जनाउदै केन्द्रले मृतकको सङ्ख्या बढ्न सक्ने जनाएको छ।

इजरायली आक्रमणहरूले, बेरुतको दक्षिणी उपनगरहरूलाई लक्षित गरेकाले दक्षिणी लेबनानबाट इजरायली संस्थातिर रकेट प्रक्षेपण गरेपछि विस्थापनको ठूलो मात्रामा लहर सुरु भएको जनाइएको छ।

सन् २०२४ नोभेम्बर मा युद्धविराम सम्झौता लागु भए पछि पहिलो पटक इजरायली इकाई तिर रकेट प्रहार गरिएको जनाइएको छ।

सन् २०२४ नोभेम्बर मा, लेबनानमा लागु भएको युद्धविराम सम्झौतामा ६० दिन भित्र दक्षिणी सीमावर्ती गाउँ र सहरहरूबाट इजरायली सेना फिर्ता लिन अनिवार्य गरिएको थियो। त्यसपछि, लेबनानी सरकार फेब्रुअरी १८ सम्म समयसीमा विस्तार गर्न सहमत भयोस यद्यपि, कब्जा सेना पाँच बिन्दुमा तैनाथ छ भने निरन्तर युद्धविरामको उल्लङ्घन जारी छ।

  himalayanvoice.com | १८ फाल्गुन २०८२, सोमबार १३:४६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online