ट्रेण्डिङ्ग:
|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै|पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी|म्यासाचुसेट्स कानूनी सहायता कार्यक्रमले आप्रवासीहरूलाई आप्रवासन अदालतमा मद्धत गर्दछ|लाखौं क्यालिफोर्नियालीहरूलाई ५२० मिलियन डलरको उपयोगिता बिल राहत प्रदान|ट्रम्प प्रशासनलाई जवाफी प्रहार गर्दै हाइटियन आप्रवासीहरूलाई संरक्षण गर्ने विधेयकमा सदन अगाडि बढ्दै|पूर्ण ओली र मनुहाङ किराँती  पुरस्कृत|‘यःमां’ म्यूजिक भिडियोको लोकार्पण|नेपाली कांग्रेसले वैशाख ६ मा बृहत भेलाको आयोजना गर्ने|रास्वपा संसदीय दलको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी: संसदीय समिति सभापति चयन 

अमेरिकामा लाखे नृत्यसँगै घन्कियो मादल

नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको सदरमुकाम राले नजिकै होलिस्प्रिंगमा शनिवार बिहान नेपालीहरुले नेपालको झण्डासहित मादल घन्काएर आफ्नो पहिचान छोडेका छन् ।

प्रत्येक वर्ष क्रिसमस आउनुभन्दा केही समयअघि टाउन अफ होलिस्प्रिंगले आयोजना गर्ने गरेको ह्याप्पी होलिडेज परेडमा पहिलोपटक नर्थ क्यारोलाइनामा बसोवास गरिरहेका नेपालीहरुले सहभागिता जनाएका हुन् । सहभागिताका क्रममा नेपालीहरुले मादल घन्काएका थिए भने लाखे नृत्य पनि आयोजना गरिएको थियो ।

सो परेडमा करिब एक सय नेपालीको सहभागिता थियो । मादलको साथमा नेपाली नृत्य, गीत र लाखे नाचलाई सडकको दायाबायाँ दुवैतर्फ खचाखच भरिएका हजारौँ स्थानीय वासिन्दाले स्वागत गरेका थिए । सहभागी नेपालीहरुमध्ये अधिकाँश पुरुषहरुले दौरासुरुवाल र महिलाहरुले साडी र चोलो लगाएका थिए । परेडमा करिब दुई किलोमिटरको पैदल यात्रा गरिएको थियो ।

पहिलोपटक सहभागिता जनाएकाले अलिक थोरै नेपालीहरु उपस्थित भएका हुन् । अबदेखि नियमित रुपमा सहभागी हुने सोचेका छौँ एनसीएनसीका अध्यक्ष विकास शाक्यले भन्नुभयो ।

सो परेडमा स्थानीय विभिन्न संघ संस्था, विद्यालय, अस्पताल, चर्च, सवारी साधन, नृत्यशाला आदि ८२ वटा समूहले सहभागिता जनाएका थिए । होलिस्प्रिंग टाउनले सहभागी सबैलाई धन्यवाद दिएको छ ।

परेडमा उपस्थित हुनुभएकी क्यारोलले भनिन् यो परेड निकै भव्य भएको र यहाँका बासिन्दाहरुले दिएको माया र सद्भावनाप्रति धन्यवाद छ ।

  himalayanvoice.com | २९ मंसिर २०८२, आईतवार १३:३६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online