ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

यु–१९ एसिया कप : बङ्गलादेशद्वारा नेपाल पराजित

काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । 

बङ्गलादेशले नेपाललाई सात विकेटले हराएको हो ।

युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रङ्गशालामा बङ्गलादेशले टस जितेर पहिला फिल्डिङ रोजेको हो ।

नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । एक सय ३१ रनको विजयी लक्ष्य बङ्गलादेशले २४ दशमलव ५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । बङ्गलादेशका लागि जावाद अब्रारले ६८ बलमा सात चौका र तीन छक्काको मद्दतमा अविजित ७० रन बनाए । यस्तै कलाम सिद्दिकीले ६६ बलमा ३४ रन बनाए ।

बलिङतर्फ नेपालका लागि अभिशेख तिवारी र युवराज खत्रीले समान एक एक विकेट लिए ।

त्यसअघि नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए । त्यस्तै आशिष लुहारले २३ तथा साहिल पटेलले १८ रनको योगदान दिए ।

बलिङतर्फ बङ्गलादेशका लागि एमडी सोबुजले तीन तथा साद इस्लाम, अजिजुल हाकिम र शाह्रियर अहमदले दुई÷दुई विकेट लिए । नेपाल यसअघि आफ्नो पहिलो खेलमा यही मङ्सिर २७ गते टेष्ट राष्ट्र श्रीलङ्कासँग आठ विकेटले पराजित भएको थियो ।

  himalayanvoice.com | ३० मंसिर २०८२, सोमबार ११:४६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online