ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

‘पलेँटी’ मा आभासको साङ्गीतिक प्रस्तुति

काठमाडौँ । नेपालयको ‘आर’ शालामा हरेक अङ्ग्रेजी महिनाको अन्तिम साता आयोजना हुने ‘पलेँटी’ को आगामी शृङ्खलामा गायक तथा सङ्गीतकार आभासका साङ्गीतिक सिर्जना प्रस्तुत हुने भएका छन् । कार्यक्रमलाई सङ्गीतकार आभासले नै संयोजन गर्दै आउनुभएको छ । उहाँसँग सहगायनमा अभिज्ञा घिमिरेले साथ दिनुहुने छ ।

पलेँटीको शीर्षक ‘सङ्गत र सहकार्य’ राखिएको छ भने यो महिना आभासले धुन भर्नुभएका र गाउनुभएका झन्डै एक दर्जन रचनाकारका शब्द र धुन प्रस्तुत हुने छ । आभासले महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि नयाँ पुस्ताका शब्दलाई आफ्नो धुनमा समेट्नुभएको छ । उहाँले तयार पार्नुभएको सूचीमा सङ्गीतकारहरू अम्बर गुरुङ, भीम विराग र चन्द्र भण्डारी, गीतकारहरू कालीप्रसाद रिजाल, मञ्जुल, बुँद राना, दिनेश अधिकारी, तीर्थ श्रेष्ठ, श्रवण मुकारुङ र कुमार नगरकोटीका रचना छन् ।

  himalayanvoice.com | ६ पुष २०८२, आईतवार २३:०८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online